• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   संसद्मा गीतबाट सवाल–जवाफ ★   प्रभासको ‘कल्की’ले शाहरुखको फिल्म ‘जवान’को रेकर्ड तोड्यो ★   कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता ★   चलचित्र ‘मोदीबेनी’को गीत ‘मन्जुरी’ सार्वजनिक, रोमान्टिक भावमा वर्षा र अमरको दमदार नृत्य ★   वीरगञ्जबाट एक करोड ८९ लाख बराबरको सामान बरामद ★   के कालो कपडा लगाएको मानिसमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ ? ★   सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव ★   फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार ★   काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो ★   मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न

विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण



काठमाडौं । नेपाल क्रिकेट संघले उपाध्यक्ष रोशनकुमार सिंहसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बिहीबार बसेको क्यानको केन्द्रिय कार्य समिति बैठकले उपाध्यक्ष सिंहसहित केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट संघका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

विश्वकप क्रिकेटमा सहभागिताका दौरान नेपाल क्रिकेट संघ र संघका पदाधिकारीहरूलाई लक्षित गरेर विभिन्न मिडिया तथा सामाजिक सञ्जालहरूमा संघको निर्णय विपरीत भ्रामक प्रचार गरि सामाजिक सञ्जालमा समेत सेयर गरेको भन्दै क्यानले उनीहरूलाई कारबाही गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले आगामी नोभेक्बर डिसेम्बरमा नेपाल प्रिमियर लिग (एनपिएल) आयोजना गर्ने निर्णय गरेको छ ।