४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरक्कोले ६ करोड ५० लाख खोप लिने



अ+ अ-

राबात । उत्तर अफ्रिकी मुलुक मोरक्कोले नयाँ कोरोना भाइरसका लागि ६ करोड ५० लाख खोप खरिद गर्ने भएको छ । मोरक्कोले आफ्ना २ करोड ५० लाख नागरिकलाई खोप दिने तयारी गरेको छ । 

मोरक्कोका स्वास्थ्य मन्त्री खालिद एट तालेबले एक विज्ञप्ति प्रकाशन गरी खोप खरिद र वितरणका लागि तयारी अन्तिम चरणमा पुगिसकेको बताउनुभएको छ । 

मोरक्कोले चीनको सिनोफार्म र बेलायतको अस्ट्राजेनिकाबाट खोप खरिद गर्ने योजना बनाएको सरकारी स्रोतहरुले जनाएका छन् । खोप लगाउने समय भने अझै तोकिएको छैन ।

मोरक्कोका राजा मोहम्मद छैटौंले खोप निःशुल्क प्रदान गरिने घोषणा गरिसक्नु भएको छ । 

करिब ३ करोड ५० लाख जनसंख्या रहेको मोरक्कोमा ४ लाख २५ हजार नयाँ संक्रमित भेटिएका छन् भने ७ हजार १३० जनाको मृत्यु भइसकेको छ ।