• २४ असार २०८१, सोमबार
  •      Mon Jul 8 2024
  •   Unicode
Logo
Latest
★   के कालो कपडा लगाएको मानिसमा चट्याङ पर्ने बढी सम्भावना हुन्छ ? ★   सहकारीका समस्या समाधानका लागि नियमनकारी निकाय बनाउन गभर्नरको सुझाव ★   फिल्ड र नक्सामा गोरेटो पनि नभएको जग्गामा ‘बाटो भए सरह’ दोब्बर राजस्व उठाउँदै सरकार ★   काँग्रेस–एमालेलक्षित माओवादी सांसद घर्तीको टिप्पणी: दुई दलीय परिपार्टीको विकास गर्न खोज्नु पश्चागामी कदम हो ★   मुलुकभर ३८ प्रतिशत रोपाइँ सम्पन्न ★   पहिराले बुद्धसिंह मार्ग दुई दिनदेखि अवरुद्ध ★   प्रेम सुवालको टिप्पणी: हालसम्मको सत्ता समिकरण माटोको फुटेको भाँडो जस्तो मात्रै भयो ★   कालीगण्डकी करिडोर तीन दिनदेखि बन्द ★   चीनको यो खोजको संसारभर चर्चा, के अब मंगल ग्रहमा खेती हुन्छ ? ★   कञ्चनपुरमा घरभित्र पसेको बाढीमा डुबेर शिशुको मृत्यु, युवक बेपत्ता

एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेले दलाल पुँजीवादसँग अँगालो मारेको आरोप लगाउनुभएको छ ।

शुक्रवार काठमाडौंमा महाधिवेशन सम्पन्न समारोहमा बोल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर बनाएको समीकरणलाई उहाँले दलाल पुँजीवादको संज्ञा दिनुभयो ।

उहाँले नेपाली काँग्रेसलाई दलाल पुँजीवादको संज्ञा दिँदै उहाँले काँग्रेससँग अँगालो मार्ने पार्टीले जनता र राष्ट्रको हित गर्न नसक्ने जिकिर गर्नुभयो । उहाँले अहिले नेकपा एमाले भित्र भूकम्प गएको बताउनु भयो । नेकपा (एकीकृत समाजवादी) को विकास र बिस्तारलाई रोक्नसक्ने शक्ति कुनै नरहेको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो पार्टीको विकास र बिस्तारलाई रोक्नसक्ने यो देशमा कुनै शक्ति छैन । हरेक हिसावले हाम्रो पार्टी अघि बढ्ने अवस्थामा छ । कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी अवसरवाद र दक्षिणापन्थी यथास्थितिवाद हाबी छ । आम कार्यकर्ताहरुले नयाँ विचार खोजिरहेका छन् । सही नेतृत्व खोजिरहेका छन् । सही पार्टी खोजिरहेका छन् । स्वयं नेकपा एमालेभित्र अहिले कार्यकर्ताहरुमा एक किसिमको भूकम्प गइरहेको छ । जुन प्रकारको नेतृत्व छ, त्यो नेतृत्व अब दलाल पुँजीवादसँग अँगालो मार्दैछ कमरेडहरु । दलाल पुँजीवादसँग अँगालो मार्ने कुनैपनि कम्युनिष्ट पार्टीले जनता र राष्ट्रको हित गर्न सक्दैन । यो कुरा नेकपा एमाले पार्टी ३ लाख ५० हजार सदस्यहरुले अब आजदेखि नै गम्भीरतापूर्वक सोच्नुपर्नेछ । त्यो पार्टीभित्र व्यापक रुपान्तरणको अभियान चल्नेछ ।’

सम्मानित नेता खनालले नेपालको कम्युनिष्ट आन्दोलनमा अब नयाँ पुन:गठनको प्रक्रिया शुरुवाता हुने बताउनु भयो ।