• ३ श्रावण २०८१, बिहीबार
  •      Thu Jul 18 2024
  •   Unicode
Logo
Latest
★   व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी ★   बानेश्वरमा गुडिरहेको बसमा धुँवाको मुस्लो ★   पत्रकार धमलामाथि अस्पतालभित्रै कुटपिट, हर्क साम्पाङका समर्थक पक्राउ ★   निजी क्षेत्र गुनासो लिएर सिंहदरबार नआउने वातावरण सिर्जना गर्छुः मन्त्री भण्डारी – प्रत्यक्ष वैदेशिक लगानी… ★   तोलामा रु तीन सयले घट्यो सुनको मूल्य ★   व्यावसायिक बङ्गुरपालनबाट आकर्षक आम्दानी गर्दै सुगम ★   प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन ★   गत आर्थिक वर्षमा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन, चालु आर्थिक वर्षमा ७०१… ★   नेपाल प्रतिभाहरु भएको देश हो: प्रधानमन्त्री ओली ★   ४० वर्षमा भएका विपद्जन्य घटनामध्ये करिव ८० प्रतिशत घटना जलवायु परिवर्तनबाट

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’



एजेन्सी । अमिताभ बच्चन र प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले ग्लोबल बक्स अफिसमा ७ सय करोडको कलेक्सन गरेको छ ।

फिल्मले ओपनिङ दिनमै विश्वभर १९१.५ करोडको व्यापार गरेको थियो । सप्ताहन्तसम्म यसले चार दिनमा कुल ५५५ करोड रुपैयाँ कमाएको थियो ।

फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३९३.४ करोडको व्यापार गरेको इन्डस्ट्री ट्र्याकर सक्निल्कले जनाएको छ ।

यो फिल्मले पहिलो दिन देशभर ९५ करोड कमाएको थियो । सातौं दिन अर्थात बुधबार सबै भाषासहित देशभर २३ करोडको व्यापार गरेको थियो ।

हिन्दी संस्करणको कुरा गर्दा ‘कल्की’ ले ७ दिनमा १५३.१५ करोड कमाएको छ । अब यो ‘फाइटर’ ‘शैतान’ र ‘क्रू’पछि यो वर्षको चौथो धेरै कमाउने हिन्दी फिल्म हो । समग्रमा यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

यस वर्ष (विश्वभर)सबैभन्दा बढी कमाउने भारतीय चलचित्रहरू
कल्कि – ७०० करोड
हनु मान– ३५० करोड
फाइटर – ३३७.२ करोड
मन्जुम्मेल बोइज – २४२.३ करोड
शैतान – २११ करोड

नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८’ को बजेट करिब ६ सय करोड रहेको बताइएको छ । फिल्ममा अमिताभ बच्चनको अभिनयको सबैभन्दा बढी तारिफ भएको छ । यसमा उनी अश्वत्थामाको भूमिकामा देखिएका छन् ।

फिल्ममा विजय देवरकोन्डा, एसएस राजामौली, रामगोपाल वर्मा, दुल्कर सलमान, ब्रह्मानन्दम र मृणाल ठाकुर जस्ता कलाकारहरू पनि क्यामियो रोलमा देखिएका छन् ।