• १२ भाद्र २०८१, बुधबार
  •      Wed Aug 28 2024
  •   Unicode
Logo
Latest
★   बेनी–जोमसोम–कोरला सडक : सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम ★   नेकपा एस : चुनावमा नफापेकी रामकुमारी ★   हेर्ने कथाका पात्र प्रकाश : नागरिकता र सहयोगका लागि प्रधानमन्त्रीको अग्रसरत ★   नेकपा एसको पदाधिकारीमा को को विजयी भए- परिणाम सहित ★   पाँच जनालाई उपाध्यक्षकै हैसियतमा वरिष्ठ नेता बनाइँदै ★   अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र ★   साफ यु–२० च्याम्पियनसिपको फाइनल आज, उपाधिका लागि नेपाल र बङ्गलादेश भिड्दै ★   मुस्ताङको थासाङमा पुन: हिउँपहिरो, बोक्सीखोला थुनियो ★   अमेरिकामा गोली हानेर २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या ! ★   पलेशा र भरतको प्रतिद्वन्द्वी तय

ऊर्जामन्त्री खड्कासँग भारतीय राजदूतको शिष्टाचार भेट



काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल–भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपाल–भारतसम्बन्ध प्रगाढ र जनस्तसम्म रहेको बताउनुभयो । उहाँले नेपालको सुख्खा महिनामा भारतबाट प्राप्त विद्युत्ले यहाँको विद्युत् अभावलाई कम गर्न सघाउ पु¥याएकामा राजदूतलाई धन्यवाद दिनुभयो ।

भेटमा मन्त्री खड्काले वर्षाको समयमा नेपालमा विद्युत् बढी हुँदा भारत निर्यात भइरहेकाले यसले दुई देशबीचको सहकार्यलाई थप उचाइमा पु¥याएको बताउनुभयो । उहाँले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गरिने प्रतिबद्धता जनाउनुभयो ।

नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरी पहिलो पटक यहाँ उत्पादित विद्युत् बङ्गलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिनुभयो ।

राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताउनुभएको थियो । उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । रासस