२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खानेपानीमन्त्री यादव र एडिबीका देशीय निर्देशक अर्नाउडबीच भेट



तस्बिरः विमलबहादुर बिष्ट/रासस
अ+ अ-

काठमाडौँ । खानेपानीमन्त्री प्रदीव यादव र नेपालका लागि एसियाली विकास बैंक (एडिबी)का देशीय निर्देशक अर्नाउड कौकोइसबीच आज मन्त्रालयमा शिष्टाचार भेट भएको छ ।

भेटका क्रममा मन्त्री यादवले गुणस्तरीय खानीपानी आपूर्ति तथा व्यवस्थापनका क्षेत्रमा भएका महत्वपूर्ण सहयोगका लागि एडिबीलाई धन्यवाद दिँदै भविष्यमा थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।

मेलम्ची खानेपानी आयोजनाको मुहानस्थलमा बाढीले पुर्याएको क्षतिलाई दृष्टिगत गरी आवश्यक मर्मतसम्भार गर्न सम्बद्ध अधिकारीहरूलाई निर्देशन दिएको जानकारी दिँदै उहाँले याङ्ग्री र लार्केको पानीसमेत काठमाडौँमा ल्याउने परियोजना आफ्नै कार्यकालमा पूरा गर्न प्रयास गर्ने बताउनुभयो ।

एडिबीका देशीय निर्देशक अर्नाउडले खानेपानीको क्षेत्रमा नेपालले गरेको प्रगतिको प्रशंसा गर्दै सहयोग जारी रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस अवसरमा खानेपानीको दीर्घकालीन प्रभाव, परियोजनाहरूको सफल कार्यान्वयन र भविष्यमा एडिबीको थप सहयोगको सम्भावनाका बारेमा छलफल भएको थियो । रासस