१८ भाद्र २०८३, बिहीबार
,
Latest
भोटेकोशी बाढीबारे कूटनीतिक समुदायलाई परराष्ट्रमन्त्री खनालको ब्रिफिङ राजर्षिजनक विश्वविद्यालयमा १० प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नुपरेको क्षतिको लागि कार्बन उत्सर्जन गरिरहेका देशहरु जिम्मेवारः सांसद झा भोटेकोशी बाढीपछि अझै ४ हजार २१६ जना सम्पर्कविहीन विपद् व्यवस्थापनमा सरकारको कार्यप्रति रास्वपाको ऐक्यवद्धता, राष्ट्रिय एकता कायम गर्नुपर्नेमा जोड नेप्से परिसूचक ४.६६ अङ्कले बढ्यो बाढीमा बेपत्ता नागरिकको खोजी तीव्र बनाउन सांसदहरूको सरकारलाई ध्यानाकर्षण राहतको एकद्वार प्रणालीले जनता भोकै बस्नुपरेको एमाले सांसद बरालको आरोप सरकारको खोज तथा उद्धार कार्य सन्तोषजनक रहेको रास्वपाको निष्कर्ष भोटेकोशी बाढीपछि खोज तथा उद्धारमा नेपाली सेनासहित विदेशी विशेषज्ञ टोली परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री सिंहसँग तीनवटै सुरक्षा निकायका प्रमुखको भेट



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग तीनवटा सुरक्षा निकायका प्रमुखले संयुक्त रूपमा शिष्टाचार भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयलमा आज भएको भेटमा नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुवँर, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा सहभागी हुनुहुन्थ्यो ।

उहाँहरूले उपप्रधानमन्त्री सिंहलाई बधाई तथा शुभकामना दिनुका साथै आआफ्नो सुरक्षा निकायले गरेका कामबारे जानकारी गराउनुभएको थियो । भेटमा उपप्रधानमन्त्री सिंहले मुलुकको पछिल्लो सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ । रासस