• १४ भाद्र २०८१, शुक्रबार
  •      Fri Aug 30 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे ★   बारामा करेन्ट लागेर एकको मृत्यु ★   जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल ★   ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त ★   द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा ★   विश्वकप लिग–२ तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने ★   निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु ★   गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल ★   नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण ★   क्वाटरफाइनलमा पराजित भइन् पलेशा

गत आर्थिक वर्षमा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन, चालु आर्थिक वर्षमा ७०१ अर्बको लक्ष्य



काठमाडौँ । सरकारले गत आर्थिक वर्ष २०८०र०८१मा ५ खर्ब ३१ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ६ खर्ब ७७ अर्ब रुपैयाँ आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखे पनि लक्ष्य अनुसारको राजश्व संकलन गर्न सकेन । गत वर्ष लक्ष्य भन्दा १ खर्ब ४६ अर्ब रुपैयाँ कम राजश्व संकलन भएको हो ।

आन्तरिक राजश्व विभागका सूचना अधिकारी आनन्दकुमार गुप्ताले ६७७ अर्ब आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य भएपनि आर्थिक वर्ष २०८०/०८१ मा ५३१ अर्ब मात्रै आन्तरिक राजश्व संकलन भएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व विभागलाई ७०१ अर्बको राजश्व लक्ष्य तोकिएर आएको बताउनु भयो । उहाँले ७०१ अर्बको राजश्व लक्ष्य मुलुकभरका ८४ वटा आन्तरिक राजश्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर अर्थमन्त्रालले पठाएको बताउनु भयो ।

उहाँले आन्तरिक राजश्व विभागले वार्षिक कार्ययोजना समेत बनाएर अर्थ मन्त्रालयमा पठाएको बताउनु भयो । सूचना अधिकारी गुप्ताले करको दायरा बढाउने, कर परिपालना गराउने कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजश्व लक्ष्य पूरा गर्ने रणनीति विभागले लिएको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षको शुरुवातसँगै सरकारले भ्याटमा दर्ता हुने कम्पनीको थ्रेसहोल्डमा परिमार्जन गरी २० लाखको सिमा बढेर अहिले ३० लाख पुगेको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कारोबार २० लाख कटेका कम्पनीहरु भ्याटमा दर्ता गर्न आवश्यक भएको बताउनु भयो । उहाँले गत आर्थिक वर्ष मूल्य अभिवृद्धिकरमा भएको व्यवस्था अनुसार कर विजकको ढाँचा पनि यो वर्ष संशोधन भएको बताउनु भयो । उहाँले कर विजकको ढाँचामा कोलम राखेर परिमार्जन भएको भन्दै नयाँ ढाँचा अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले एचएस कोर्ड राखेर बिल जारी गर्नुपर्ने व्यवस्था लागू भएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गत वर्ष ६७७ अर्ब आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य थियो । आर्थिक वर्ष २०८०/०८१ मा आन्तरिक राजश्व ५३१ अर्ब संकलन भएको छ । चालु आर्थिक वर्षको लागि अर्थ मन्त्रालयबाट आन्तरिक राजश्व विभागलाई ७०१ अर्बको राजश्व लक्ष्य तोकिएर आएको छ । ७०१ अर्बको राजश्व लक्ष्य ८४ वटा आन्तरिक राजश्व कार्यालयहरुलाई क्षमताको आधारमा लक्ष्य निर्धारण गरेर पठाएको अवस्था छ । विभागले वार्षिक कार्ययोजना समेत बनाएर मन्त्रालयमा पठाएका छौं । कार्ययोजनामा करको दायरा बढाउने, कर परिपालना गराउने काम गर्छौं । कार्ययोजनालाई कार्यान्वयन गरी अर्थ मन्त्रालयले तोकिएको राजश्व लक्ष्य पूरा गर्ने रणनीति छ । भ्याटमा दर्ता हुने थ्रेसहोल्डमा यो वर्ष परिमार्जन भएको छ । जसमा अघिल्लो आर्थिक वर्ष २० लाख थियो । २० लाखको सीमा बढेर अहिले ३० लाख पुगेको छ । उहाँहरुको कारोबार २० लाख कटेको छ भने कम्पनीलाई भ्याटमा दर्ता गर्नुपर्छ । गत आर्थिक वर्ष मूल्यअभिवृद्धिकरमा भएको व्यवस्था अनुसार कर विजकको ढाँचा पनि संशोधन भएको छ । कर विजकको ढाँचामा कोलम समेत राखेर परिमार्जन भएको छ । त्यही ढाँचा अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले बिल जारी गर्नुपर्छ ।’

उहाँले करदाताहरुले आयातित वस्तुहरुको हकमासहितको बिलमा चार अंकको भएपनि एचएस कोर्ड उल्लेख गर्नुपर्ने बताउनु भयो । उहाँले विदेशबाट आयात भएर आउने सामानको बिल जारी गर्दा कर बिजकले एचएस कोर्ड राख्नुपर्ने बताउनु भयो ।