काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बेचन झालाई अदालतले थुनामा राख्नुको कारण पेस गर्न आदेश दिएको छ ।
बिहीबार झाले सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश नित्यानन्द पाण्डेको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।
झामाथि नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च राजनीतिक नेतृत्व र गृह मन्त्रालयबिच समन्वयको काम गरेको आरोप छ । झा गत असार १५ मा पक्राउ परेका थिए । उनलाई भदौ २ गते जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।