३ माघ २०८१, बिहीबार
,
Latest
मिसन प्रमुखहरूलाई परराष्ट्र मन्त्रीको निर्देशनः राष्ट्रिय स्वार्थ र आर्थिक कूटनीतिलाई उच्च प्राथमिकतामा राख्नु पुलिसले जित्यो जय ट्रफीको उपाधि ऊर्जामन्त्री खड्कामाथि मन्त्रालयमै हातपात करेन्ट लागेर युवकको मृत्यु नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः ट्राफिक प्रहरी प्रमुख घिमिरे वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि हातपात गर्ने व्यक्तिविरूद्ध दिए जाहेरी बेचन झालाई थुनामा राख्नुको कारण पेश गर्न सर्वोच्चको आदेश चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर र पर्वतनका मुद्दाहरु अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भयोः मन्त्री…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोप–२९ मा नेपालले जलवायु परिवर्तनको असर र पर्वतनका मुद्दाहरु अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भयोः मन्त्री ठकुरी



अ+ अ-

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालले कोप–२९ मा नेपालका हिमाल र पर्वत तथा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा अन्तरर्राष्ट्रियस्तरमा स्थापित गर्न सफल भएको बताउनुभएको छ ।

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसिसिसी) का पक्ष राष्ट्रहरूको २९ औँ सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले उठाएका विषयहरुले विश्वको ध्यान केन्द्रित भएको उहाँको भनाइ छ । बिहीवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उहाँले पहिलो पटक पर्वतीय मुद्दाका एजेण्डामा कोपमा सहमत भएको बताउनु भयो ।

उहाँले नेपाल र विकासशील राष्ट्र किर्गिस्तान समेतको पहलमा माउण्टेनबेस एक्शन र तिनको आवधिक प्रतिवेदन गर्नुपर्ने विषय पेस भएको र अर्को कोपमा टुंगो लाग्ने गरी अगाडि बढेको उल्लेख गर्नुभयो । उहाँले पेरिस सम्झौताको धारा ६ को पूर्णकार्यान्वयन जानेगरी निर्णय भएको हुँदा नेपालको अन्तर्राष्ट्रिय कार्बन व्यापारमा सहज पहुँच भई लाभ लिनसक्ने अवस्था सिर्जना भएको समेत बताउनु भयो । नेपालको जलवायुजन्य हानी नोक्शानीको सम्बोधन गर्न तत्कालै दाबी गर्न सकिने आधार समेत कोप–२९ ले तय गरेको उहाँले बताउनु भयो । उहाँले जलवायु अनुकुलन कोषमा विगतमा नेपालको तर्फबाट युएन एजेन्सीले मात्र पहुँच पाउने गरेकामा  राष्ट्रिय प्रकृति संरक्षण कोषले मान्यता पाउने गरि निर्णय भएको समेत बताउनु भयो ।

मन्त्री ठकुरीले भन्नुभयो,‘अहिले हामी सहभागि भएको कारणले मात्र होइन सम्माननीय राष्ट्रपतिज्युले कोप–२९ मा उठाउनुभएका विषयहरुले विश्वको ध्यान केन्द्रित भएको छ । नेपालको हिमाल र पर्वतको बारेमा र नेपालमा जलवायु परिवर्तनले पारेका असरहरुको बारेमा धेरै कुराहरु अन्तर्राष्ट्रियस्तरमा स्थापित भएको छ । जलवायु वित्तमा ३०० अर्ब अर्थात ३ खर्ब अमेरिकी डलर प्रतिवर्ष परिचालन गर्न विकसित राष्ट्रहरु सहमत भएका छन् । विकासशील पक्ष राष्ट्रहरुमा जलवायु अनुकुलनका लागि प्रतिवर्ष १३ खर्ब अमेरिकी डलर जलवायु वित्तमा आवश्यक पर्ने भनि अभिलेखिकरण गरिएको छ । र पहिलोपटक पर्वतीय मुद्दाका विषयमा एजेण्डामा सहमत भई नेपाल र विकासशील राष्ट्र किर्गिस्तान समेतको पहलमा माउन्टेन बेस्ड एक्शन र तीनको आवधिक प्रतिवेदन गर्नुपर्ने विषय पेस भएको र अर्को कोपमा टुंगो लाग्ने गरि अगाडि बढेको छ । पेरिस सम्झौताको धारा ६ को पुर्ण कार्यान्वयन जाने गरी निर्णय भएको छ । यसले नेपालको अन्तर्राष्ट्रिय कार्बन व्यापारमा सहज पहुँच भई लाभ लिनसक्ने अवस्था सिर्जना भएको छ । विकासशील राष्ट्रहरुबाट बहुप्रतिष्ठित हानी नोक्शानी कोष ९फण्ड० २०२५ देखि कार्यान्वयनमा लैजाने निर्णय भएको छ । त्यसबाट नेपालको जलवायुजन्य हानी नोक्शानीको सम्बोधन गर्न तत्कालै दाबी गर्न सकिने आधार पन तय भएको छ । अनुकुलन कोषमा विगतमा नेपालको तर्फबाट युएन एजेन्सीले मात्र पहुँच पाउँदै गरेकोमा अब नेपालकै संस्था राष्ट्रिय प्रकृति संरक्षण कोषले मान्यता पाउने गरी निर्णय भएको छ । र नेपाल र स्विडेन सरकारबीच पहिलो नेपाल कार्बन व्यापारको सम्झौता पनि भएको छ ।’

उहाँले अगामी जलवायु सम्मेलनका लागि नेपालले विषयविज्ञहरु समावेश गरी स्थायी प्रकृतिको वार्ता टोली गठन गर्न सुझाव समेत दिनुभएको छ । सम्मेलनमा सहभागि हुन प्रयाप्त संख्यामा वार्ताकारहरुको प्रवन्ध गर्नुपर्ने उहाँको भनाइ छ । वन तथा वातावण मन्त्रालयका सचिव दीपककुमार खरालले नेपालले कोप–२९ मा जलवायुमा अन्याय भएको र यसको लागि विकास गर्नुपर्छ भन्ने अडान कायमै राखेको बताउनु भयो । उहाँले नेपाल पर्वतीय मुलक भएको उल्लेख गर्दै नेपाल लगायत ३७ वटा मुलुकहरुले एउटै एजेण्डामा अघि बढिरहेको बताउनु भयो । उहाँले हिमालको संरक्षण तथा जलवायु कार्य गर्नको लागि नेपालले वित्त पाउनुपर्ने मुद्दालाई मुख्य रुपमा उठाएको बताउनु भयो ।

बैठकमा बिहीवार विश्व जलवायु सम्मेलन (कोप—२९) को समिक्षा र नेपालको आगामी कार्यदिशाका विषयमा छलफल गरिएको छ ।