११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित

वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित

वीरगञ्ज बालसुधार गृहको तनावः अनुगमन भन्दै महिनामा ७ पटकसम्म पुगेपछि आक्रोशित
अ अ+ अ-

वीरगञ्ज । वीरगञ्जको बालसुधार गृहमा डेढ वर्षपछि फेरि तनाव उत्पन्न भएको छ ।

बालसुधार गृहमा रहेका बाल कैदीबन्दीले सुधार गृहमा खाना,बास लगायतको समस्या भएको भन्दै मंगलवार होहल्ला गर्दै तोडफोड गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको हो ।

सुधार गृहमा बाल कैदीबन्दीहरुले होहल्ला गर्दै तोडफोड गर्न खोजेको सूचना पाएलगत्तै त्यहाँ पुगेको प्रहरीले स्थिति नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिनुभयो । अहिले सुधार गृहभित्रै असन्तुष्ट बाल कैदीबन्दीहरुसँग पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल,प्रहरी उपरीक्षक मिश्र,प्रहरी नायब उपरीक्षक किशोर लम्साल सहितको टोलीले छलफल गरी उनीहरुको माग सम्बोधन गर्ने आश्वासन दिएपछि अहिले स्थिति समान्य भएको प्रवक्ता लम्सालले बताउनु भयो । बाल सुधार गृहमा विभिन्न कसुरमा संलग्न १२७ जना बाल कैदीबन्दीहरु छन् । तर सुधार गृहको क्षमता ५० जनासम्मको छ । बाल कैदीबन्दीहरु आक्रोशित हुनुमा सरकारी संघ संस्थादेखि, गैरसरकारी संघसंस्था धेरै आउने गरेको कारण रहेको पनि बताउनु भयो । उहाँले एक महिनामा अनुगमनका लागि भनेर ५÷७ पटक भन्दा बढी टोलीहरु आउने क्रम रहेको बताउनु भयो । यो क्रम तीन वर्षदेखि नै जारी रहेको र उनीहरुले शोधपुछ गर्ने क्रममा तपाईंहरुका समस्या समाधान गर्छौं भन्ने आश्वासन दिने तर अहिलेसम्म पूरा नगरेकोमा आफूहरुलाई जिस्क्याएको महशुस गरेर आक्रोशित भएको हुनसक्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज लगभग पौने १ बजेतिर त्यहाँभित्र भएका भाइहरुले १२७ जना छन् । उनीहरुले त्यहाँको प्रशासनसँगको असन्तुष्टि र अन्य विभिन्न निकायहरुबाट अनुगमनको क्रममा एक महिनामा ५÷७ पटक भन्दा बढी टिमहरु आउने । प्रत्येक दिन आउने, सोधपुछ गर्ने, त्यहाँको अवस्थालाई हेर्ने, त्यहाँको भौतिक पूर्वाधारदेखि अन्य अवस्था पनि कमजोर नै छ । हाम्रो कम्पाउण्ड नै सानो छ । त्यहाँको क्यापासिटी ४५÷५० जनाको हो । १२७ जना बसिरहेका छन् । खानेपानीका समस्या, छन्, गर्मीको समस्या, सुत्ने ठाउँको समस्या छ । त्यो समस्या विभिन्न सरकारी संस्था, गैरसकारी संस्थाहरुबाट अनुगमनका क्रममा जाँदा हिजो पनि र आज पनि फरक फरक अनुगमनको टोली आएको रहेछ । ति अनुगमन टोलीहरु पटक पटक आउँदा हामीलाई जिस्क्याउन आएको जस्तो लाग्यो । आउनुहुन्छ, सोध्नुहुन्छ, सुनुवाई हुन्छ भन्नुहुन्छ, दुई तीन वर्षदेखि समस्या उस्तै छ । जिस्क्याउन आएको जस्तो लाग्यो । न्युनतम सुविधाबाट वञ्चित भएका छौँ । भन्नेकुरा गरेर आवेगमा आएर होहल्ला गर्नुभयो । सुरक्षाकर्मीले तत्काल खबर गरेपछि सम्झाइ बुझाइ गरेका छौँ । एउटा लगाएको ताला फुटाउने कोशिस गर्नुभयो । तर सफल हुन सक्नुभएन ।’

यसअघि २०८० भदौ २६ गतेपनि बालसुधार गृहमा बालकैदीबन्दीहरुबीच नै आपसमा झडप हुँदा ११ बालकैदीबन्दी र ३ जना प्रहरी घाइते भएका थिए ।