९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु

नेप्सेको प्रमुख कार्यकारी अधिकृतमा चापागाईं नियुक्त, यस्ता छन् मन्त्रीपरिषदका अन्य निर्णयहरु
अ अ+ अ-

काठमाडौँ । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा चुडामणि चापागाईंलाई नियुक्त गरेको छ ।

सोमवारको मन्त्रिपरिषद् बैठकले उहाँलाई नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले जानकारी दिनुभयो । उहाँकाअनुसार सरकारले कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशकमा कृषिअर्थ विज्ञ डा। राजेन्द्र मिश्रलाई नियुक्त गरेको छ । उहाँले म्यानमारमा हालै गएको भूकम्पबाट भएको जनधनको क्षति भएको सन्दर्भमा म्यानमान सरकारलाई औषधि लगायतका राहत सामग्री उपलब्ध गराउने र सेनाको चिकित्सक टोलीलाई समेत म्यानमार पठाउने निर्णय गरेको जानकारी दिनुभयो ।

यी हुन् सोमवारको मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरुः
आर्थिक वर्ष २०८२/८३ देखि २०८६/८७ सम्मका लागि प्रदेश तथा स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको विस्तृत आधार र ढाँचा स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश तथा स्थानीय तहलाई उपाध गराउने राजश्व बाँडफाँटको हिस्साको अनुमानित रकम स्वीकृत गर्ने ।
आर्थिक वर्ष २०८२/८३ को लागि प्रदेश तथा स्थानीय तह हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदान रकम स्वीकृत गर्ने ।
धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन ५७ करोड ३० लाख थप अनुदान सहायता प्राप्त गर्ने ।
नेपाल स्टक एक्स्चेन्ज लिमिटेडको रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा श्री चुडामणी चापागाईं, झापालाई नियुक्त गर्ने ।
२०८२ वैशाख २२ गतेदेखि २६ गतेसम्म स्वीट्जरल्याण्डको बसेलमा सञ्चालन हुने ‘डिलिङ विथ दि पास्ट एड्भान्स्ड कोर्स’ विषयक कार्यक्रममा सहभागिता जनाउन सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्र्वर डुङ्गाना र बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका सचिव खेमराज ज्ञवालीलाई स्वीकृति प्रदान गर्ने ।
२०८१ चैत २६ र २७ गते नेपालमा आयोजना हुने बिम्स्टेकको मन्त्रीस्तरीय र कृषिसम्बन्धी उच्च पदाधिकारीहरूको तेस्रो बैठक कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपन्छी विकास मन्त्री माननीय रामनाथ अधिकारी, सचिव ९कृषि विकास० डा। गोविन्द प्रसाद शर्मा र सचिव ९पशुपन्छी विकास० डा। राजेन्द्र प्रसाद मिश्रलाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको कार्यकारी निर्देशक पदमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ डा। प्रद्युम्नराज पाण्डेलाई नियुक्त गर्ने ।
परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानसम्बन्धी विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने ।
मित्रराष्ट्र म्यानमारमा हालै गएको विनाशकारी भूकम्पबाट जनधनकक्षति भएको सन्दर्भमा म्यानमार सरकारलाई औषधिलगायतका राहत सामग्री उपलब्ध गराउने र नेपाली सेनाको चिकित्सक टोली म्यानमार पठाउने ।
नेपाल सरकारको नाममा दर्ता रहेको लमजुङ जिल्ला साबिक सुन्दरप गा।वि।स। वडा नं। ९ को १५–१–१–० रोपनी सार्वजनिक जग्गा सुन्दर अस्पतालको भवनलगायतका भौतिक संरचना निर्माण गर्न सुन्दरबजार नगरपालिका लमनुडलाई उपयोग गर्न स्वीकृति दिने ।
२०८२ साल वैशाख २ गतेदेखि ४ गतेसम्म संयुक्त राज्य अमेरिका न्यूयोर्कमा आयोजना हुने द २०२५ एडिशन अफ इकोसोक युथ फोरम कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई सहभागी हुन स्वीकृति दिने ।
नेपाली सेना सैनिक साधारण सेवाका एकजना सहायक रथीको सरुवा गर्ने ।
जन तथा बातावरण माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको २२० केभी विद्युत प्रशारण साईन आयोजना निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं १ मा रहेको राष्ट्रिय वनको २.७६७ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने ।
२०८१ चैत २४ मा दक्षिण कोरियाको राजधानी सिओलमा गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाले आयोजना गर्ने एकता महाधिवेशनमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय अरुणकुमार चौधरी सहभागी हुन स्वीकृति प्रदान गर्ने ।
संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा २०८२ वैशाख ८ गतेदेखि आयोज हुने आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्रसंघको स्थायी मञ्चको चौबीसौं सत्रमा सहभागी हुन सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री माननीय राजकुमार गुप्ता नेतृत्वको प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गर्ने ।
१७। २०८१ चैत २५ गतेदेखि २९ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुने जनसंख्या तथा विकास आयोगको ५८ औँ सत्रमा सहभागिताको लागि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री माननीय प्रदीप पौडेललाई स्वीकृति प्रदान गर्ने ।
१८। नेपालको संविधानको धारा ९३ को उपधारा ९२० बमोजिम संघीयय संसदको दुवै सदनको अधिवेशन संवत २०८१ साल चैत १९ गते मंगलवार राति १२ः०० बजेदेखि अन्त्य हुन सम्माननीय राष्ट्रपतिसमक्ष सिफारिस गर्ने ।