२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक

नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका चिनियाँ पर्यटक
अ अ+ अ-

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा चिनियाँ पर्यटकहरुको सङ्ख्या उल्लेख रहेको छ । सन् २०२४ मा चीनबाट एक लाख एक हजार आठ सय ७९ नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

चीन सिचाङक्षेत्रबाट पारस्परिक लाभका लागि व्यावसायिक अनुसन्धान भ्रमणमा आएका प्रतिनिधिहरु पनि नेपालीको आत्मियता र आतिथ्यताबाट मोहित भएका थिए । सिचाङ आर्थिक तथा व्यापार संघका अध्यक्ष लाक्पा थिल्नेको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले काठमाडौ, लतिपुर भक्तपुर, पोखरा, चितवन तथा लुम्बिनी क्षेत्रको भ्रमण गरेका थिए ।

उनीहरुले नेपाली संस्कार र संस्कृति अलौकिक भएको जनाउदै नेपालमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य मात्रामा बृद्धि हुने जनाएका थिए । विभिन्न क्षेत्रको भ्रमण र व्यावसायिक सम्झौताका लागि बुधबार साँझ काठमाडौँमा आयोजित कार्यक्रममा अध्यक्ष थिल्नेले भन्नुभयो ‘नेपाल पर्यटनका लागि उत्कृष्ट गन्तव्य हो ।’ यहाँको आत्मियता र आतिथ्यताबाट हामी निकै प्रभाबित भयौँ ।

चिनियाँ टोलीलाई भ्रमणको व्यवस्थापन गर्ने बि लाईन ट्राभल एजेन्सीका निर्देशक अमर श्रेष्ठले चिनियाँ पर्यटकलाई हाम्रो सभ्यता झल्किने खालको स्वागत गर्ने हरसम्भव प्रयास गरिएको बताउनु भयो । उहाँले भन्नुभयो ‘भक्तपुर तथा ललितपुरमा रहेका विभिन्न लोपोन्मुख बाजागाजा जस्तै धिमे बाजाहरूको प्रवर्धन गर्न विमानस्थलमै त्यस्ता प्रकारका बाजा लगेर, विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरेर तथा नेवारी संस्कृतिको महत्वपूर्ण मसला बोधा उपहार पनि दिएका थियौँ ।’

यी प्रयासहरूले नेपालको सांस्कृतिक चिनारी अझै प्रगाढ बनाउन र उहाँहरू फर्किसकेपछि उहाँहरूले नेपालप्रतिको सकारात्मक धारणाका बारेमा प्रचार प्रसार गर्ने अनुमान श्रेष्ठले गर्नुभयो । श्रेष्ठले भन्नुभयो ‘हामीले पाएको छोटो समयमा पनि कसरी नेपालमा अतिथि देवो भव भन्ने सिद्धान्तमा रहेर पाहुनाको सत्कार गरिन्छ भन्ने उदाहरण पेस गर्न यी क्रियाकलापहरू गरेका हौँ ।’

कार्यक्रममा नेपाल र चीनका तीन निजी क्षेत्रका व्यवसायिक संस्थाहरु बिच सहकार्यको सम्झौता समेत भएको छ । सम्झौतामा हस्ताक्षर गर्दै उनीहरुले सम्झौता पत्रमा एक अर्काप्रति सहयोगी भाबको सृजना गर्नु रहेको र प्रतिबद्धताको मूर्त रूपका साथै उज्वल भविष्यको लागि संयुक्त प्रयास भएको जनाएका थिए ।

कार्यक्रममा नेपालको चर्चित मौलिक सांस्कृतिक समूह कुटुम्ब ब्याण्डले आफनो अब्बल प्रस्तुति दिएको थियो । कुटुम्ब ब्याण्ड नेपाली लोक साधनामा लामो समयदेखि क्रियाशील तथा नेपाली दर्शकलाई आफ्नो मौलिक संस्कृतिसँग राखिराख्ने एउटा यस्तो समूह हो जसले सय थरी बाजा एउटै चाल जस्ता गीत मार्फत नेपालीहरूको देशभक्ति र एकताको कथा बताउँछ । अनि असारे महिनामा मार्फत परदेशीको पिडा सुनाउँछ, साथै माइतिघर, सिन्धुलिगढी घुमेर हेर्दा, कल्कत्ते काइँयो जस्ता सयौँ गीतमार्फत नेपालीको दिलदिलमा राज गर्न सफल भएको छ यो ब्याण्ड ।