१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः ट्राफिक प्रहरी प्रमुख घिमिरे

ट्राफिक प्रहरीको उद्देश्य सवारी चालकलाई कारबाही गर्ने होइनः ट्राफिक प्रहरी प्रमुख घिमिरे
अ अ+ अ-

काठमाडौँ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले ट्राफिक प्रहरीको उद्देश्य सवारी साधन चालकलाई कारबाही गर्ने नभएको बताउनुभएको छ ।

बिहीवार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयद्वारा आयोजित परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख घिमिरेले यस्तो बताउनुभएको हो ।

उहाँले ट्राफिक प्रहरीले सवारी चालकहरुलाई जिम्मेवार बनाउनको लागि मात्रै कारबाही गर्नुपरेको धारणा राख्नुभयो । उहाँले पछिल्लो समय समयक्रमअनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम गरेको देखाउनको लागि भएपनि गर्ने गरिने भएपनि अहिले कमी भएको बताउनु भयो । ट्राफिक प्रहरी प्रमुख घिमिरले अहिले ट्राफिक प्रहरीले कारबाही प्राथमिकतामा नभएको उल्लेख गर्र्नुभयो । उहाँले ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भयो । उहाँले ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएर अहिले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेको उल्लेख गर्नुभयो । उहाँले सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई अनलाइन बनाउन लागि रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘पछिल्लो समय समयक्रम अनुसार सवारी साधनलाई गरिने कारबाही फरक भएको छ । ट्राफिक प्रहरीले विगतमा धेरै सवारी साधनलाई कारबाही गर्दा राम्रो काम ग¥यो भन्ने हुन्थ्यो । अहिले ट्राफिक प्रहरीले कारबाहीलाई प्राथमिकता दिएको छैन । ट्राफिक सचेतना तथा सडक सुरक्षा शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । ट्राफिक प्रहरीले प्रविधिलाई जोड दिएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यलयमा बसेर सवारी साधनलाई कारबाही गरिरहेका हुन्छौं । सडक लेनको कारबाहीमा परेका चालकहरुले लिने कक्षालाई पनि अनलाइन बनाउन लागि रहेका छौं । हाम्रो उद्देश्य कारबाही गर्ने होइन । सवारी चालकलाई जिम्मेवारी बनाउनको लागि कारबाही गरिरहेका छौं । जिम्मेवारी सवारी चालक र सञ्चालकहरुले पनि लिन आवश्यक छ ।’

नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त रहेको दाबी गर्नुभयो । उहाँले २१ लाख मोटरसाइलक मात्रै रहेको उल्लेख गर्नुभयो । उहाँले सार्वजनिक सवारी साधनले राम्रो सेवा दिन नसक्दा निजी सवारी साधनको मात्रा वृद्धि भएको बताउनु भयो । उहाँले सरकारले विचौलियाहरुसँगको समन्वयमा सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाई दिने काम गरिरहेको बताउनु भयो । उहाँले सार्वजनिक यातायातलाई अस्तव्यस्त बनाएर विद्युतीय लगायत निजी सवारी साधनलाई प्रोत्साहन गर्ने काम भइरहेको दाबी गर्नुभयो । वरिष्ठ उपाध्यक्ष सिटौलाले सरकारले अन्तर्राष्ट्रिय मुलुकको जस्तो सार्वजनिक यातायात खोज्ने तर पूर्वाधार निर्माण नबनाई दिनु राज्यको कमजोरी भएको बताउनु भयो । यातायात क्षेत्रलाई सुधार गर्नको लागि सार्वजनिक यातायातको लागि छुट्टै लेनको व्यवस्था गरे मात्रै पनि पठाओ,इन्ड्राइभ सबै हराउने बताउनु भयो ।

उहाँले सरकारले निजी सवारी साधनलाई सार्वजनिक यातायातको रुपमा प्रयोग गर्न नहुने बताउनु भयो । उहाँले विद्युतीय सवारी साधनलाई यातायात व्यवसाहीहरुले स्वागत गरे पनि राज्यले विद्युतीय सवारी साधनको लागि आवश्यक पूर्वाधारको विकास गर्न आवश्यक रहेको बताउनु भयो ।