१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर

चीनमा स्मार्टफोन बिक्रीमा एप्पल स्थानीय प्रतिद्वन्द्वीभन्दा कमजोर
अ अ+ अ-

एजेन्सी । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा सन् २०२४ मा यसले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको नयाँ तथ्याङ्कले देखाएको छ ।

क्यालिफोर्नियामा मुख्यालय रहेको विश्वप्रसिद्ध विशाल प्रविधि कम्पनी एप्पलले विश्वको दोस्रो ठूलो अर्थतन्त्र भनिने चीनमा विक्रीको १५ प्रतिशत बजार हिस्सा लिएको छ । चीनको स्थानीय बजारमा एप्पललाई पछि पार्दै हुवावेले १६ प्रतिशत र भिभोले १७ प्रतिशत बजार हिस्सा ओगटेको आद्योगिक तथ्याङ्क प्रदायक क्यानालिसले जनाएको छ ।

साथै, चीनमा कुल स्मार्टफोन बिक्रीमा निकै तल रहेका चिनियाँ ब्राण्ड ओपो र अनरले पनि करिब १५ प्रतिशत विक्रीको हिस्सा लिँदै एप्पललाई चुनौती दिएका छन् ।

बजारमा गिरावटको सामना गरिरहेको एप्पलले चीनमा सन् २०२३ मा पाँच करोड १० लाख ८० हजार आइफोन विक्री गरेकोमा यो सङ्ख्या सन् २०२४ मा चार करोड २० लाख ९० हजारमा सिमित भएको छ ।

क्यानालिसका रिसर्च म्यानेजर अम्बर लिउले ‘तीव्र प्रतिस्पर्धाका कारण’ एप्पलका लागि निरन्तर बदलिँदो परिदृश्य आएको छ ।

शीर्ष स्थानमा रहेको भिभोले गत वर्ष ‘बलियो गति’ देखाएको उल्लेख गर्दै लिउले भन्नुभयो, “कम्पनीको रणनीतिले ‘सुरूवाती तहदेखि मध्यमदेखि अन्तसम्म आफ्नो स्थान बलियो बनाउन’ मद्दत गरिरहेको छ ।”

यसैबीच, कुनै समय राष्ट्रिय सुरक्षा चिन्ताका कारण वासिङ्टनबाट कडा प्रतिबन्धहरूको सामना गरेको शेन्जेनमा मुख्यालय रहेको हुवावेले सन् २०२४ मा यसको घरेलु बजारमा पुनरुत्थान जारी राख्यो ।

क्यानालिसको तथ्याङ्कअनुसार कम्पनीले गत वर्ष कुल स्मार्टफोनको नियातमा ३७ प्रतिशतले वृद्धि हासिल गरेको छ ।

एप्पलको आईफोन चीनमा अझै पनि लोकप्रिय छ, तर विशाल बजारका धेरै उपभोक्ताहरूले हालका वर्षहरूमा घरेलु विकल्पहरूमा सरेका छन् किनकि बजारको क्षेत्र र प्रतिस्पर्धा तीव्र भएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत टिम कुकले गत वर्ष धेरै पटक चीनको भ्रमण गर्नुभएको थियो ।

क्यानालिसको तथ्याङ्कअनुसार चौथो त्रैमासिकमा एप्पलको स्मार्टफोनको निर्यातमा २५ प्रतिशतले गिरावट आएको छ ।

रिपोर्टमा भनिएको छ, “चौथो त्रैमासिकमा चीनको मुख्य भूमिमा उत्पादन भएका चिनियाँ स्मार्टफोन बजार पाँच प्रतिशतले वृद्धि भएको छ र कुल निर्यातको सात करोड ७० लाख ४० हजार युनिट पुगेको छ । यस क्षेत्रको लागि थप सकारात्मक सङ्केतमा, बेइजिङले गत हप्ता घोषणा गरेको केहि स्मार्टफोनहरूको व्यक्तिगत खरीदको लागि छुटको योजनाले पनि काम गरेको छ ।

क्यानालिसका अनुसन्धान विश्लेषक लुकास झोङले भन्नुभयो, “पछिल्लो नीतिले यस वर्षको बजार वृद्धिको जग बसालेको छ र विक्रेताहरूले बजारको बाटो र आपूर्तिको लागि तयारी सुरु गरिसकेका छन्।”