• १४ भाद्र २०८१, शुक्रबार
  •      Fri Aug 30 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे ★   बारामा करेन्ट लागेर एकको मृत्यु ★   जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल ★   ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त ★   द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा ★   विश्वकप लिग–२ तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने ★   निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु ★   गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल ★   नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण ★   क्वाटरफाइनलमा पराजित भइन् पलेशा

निजी क्षेत्र गुनासो लिएर सिंहदरबार नआउने वातावरण सिर्जना गर्छुः मन्त्री भण्डारी – प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन स्वदेशी लगानी बढाउनुपर्छः ढकाल



काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउन नपर्ने वातावरण सिर्जना गर्ने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग बुधबार भएको भेटमा मन्त्री भण्डारीले सो कुरा बताउनुभएको हो ।

मन्त्री भण्डारीले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए । उनले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताए । उनले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउने बताए ।

मन्त्री भण्डारीले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताए ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको आत्मविश्वास बढाउने नीति ल्याउन मन्त्री भण्डारीलाई आग्रह गरे । ढकालले थप स्वदेशी लगानी आउनका लागि निजी क्षेत्रको विश्वास बढाउनुपर्ने बताए । विदेशी लगानीकर्ताले लगानी गर्नुअघि बजारमा स्वदेशी लगानीको प्रवाह हेर्ने भएकाले स्वदेशी लगानी आवश्यक रहेको उनले बताए ।

स्वदेशी लगानी बढाएर मात्रै विदेशी लगानी बढाउन सकिने ढकालले बताए । नेपालको अर्थतन्त्र उकास्न लगानी आवश्यक रहेको भन्दै उनले लगानीकर्तामैत्री नीति ल्याउनुपर्नेमा जोड दिए । उनले विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा अत्याधिक भाडा लिइएको बारे मन्त्री भण्डारीलाई जानकारी दिँदै यस विषयमा पनि ध्यान दिन आग्रह गरे ।