• १४ भाद्र २०८१, शुक्रबार
  •      Fri Aug 30 2024
  •   Unicode
Logo
Latest
★   टुँडिखेलमा हुलहुज्जत गरेको आरोपमा पक्राउ परेका तीन जना धरौटीमा छुटे ★   बारामा करेन्ट लागेर एकको मृत्यु ★   जनताका अपेक्षा पूरा गर्न सरकार प्रतिबद्ध छः मन्त्री दाहाल ★   ऊर्जा मन्त्रालयको वरिष्ठ ऊर्जाविज्ञमा अधिकारी नियुक्त ★   द्वन्द्व बिर्सेर समृद्ध नेपाल निर्माण अभियानमा जुटौँः सभापति देउवा ★   विश्वकप लिग–२ तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलंका जाने ★   निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र बेहोस भइ तीन जनाको मृत्यु ★   गैरकानुनी व्यवसायलाई सरकारले छुट दिँदैन : उपप्रधानमन्त्री पौडेल ★   नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको मन्त्री दाहालद्वारा निरीक्षण ★   क्वाटरफाइनलमा पराजित भइन् पलेशा

व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी



कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक रु सात लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले चारवर्षदेखि बाख्रा, बङ्गुर फार्मसँगै माछापालन गर्दै आउनुभएको हो ।

घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बङ्गुर र माछा हेरचान गर्नुहुन्छ । बिहानबेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताउनुभयो । उहाँका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बङ्गुर, दुई वटा पोखरीमा विभिन्न जातका माछा छन् ।

पोखरीको डिलमा लहरै बङ्गुरका खोर निर्माण गरिएका छन् । चौधरी विद्यालयमा रहेका बेला उहाँकी श्रीमतीले फार्ममा पालेका बङ्गुर, बाख्रा र माछालाई चारो खुवाउने गर्नुहुन्छ ।

चौधरीले बैंकबाट रु पाँच लाख ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताउनुभयो । सबै खर्च कटाएर वार्षिक रु सातसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो । बङ्गुरको माउभन्द पाठा बढी बिक्री हुने गरेको उहाँले सुनाउनुभयो ।

“वर्षमा १० वटा जती खसी बिक्री हुन्छन्”, चौधरीले भन्नुभयो, “माछा सात क्विन्टल, बङ्गुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन् ।” फार्ममा छिट्टै हुर्कने डयुरो जातका बङ्गुर पालेको उहाँले बताउनुभयो । “बङ्गुरका पाठापाठीको माग निकै बढी छ”, उहाँले भन्नुभयो, “माग अनुसार पुर्‍याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन ।”

बङ्गुरका एक वर्षका पाठापाठी रु चार हजार पाँच सयसम्ममा बिक्री हुने चौधरीले जानकारी दिनुभयो । “पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन् । कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पुर्‍याउनु पर्दछ”, उहाँले भन्नुभयो, “खसीबोकाको माग दसैँंतिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ । व्यापारीले घरबाटै खरिद गरी लैजान्छन् ।”

कोरोना महामारीका बेला फार्ममा पालिएका बङ्गुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिदै जान थालेकाले आम्दानी बढ्न थालेको बताउनुभयो । फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उहाँले तीन कोठे पक्की घर पनि बनाएको बताउनुभयो ।

“विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन”, चौधरीले भन्नुभयो, “फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ ।” आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाई केही कामदारसमेत राख्ने योजना बनाएको उहाँले सुनाउनुभयो ।