२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय…
तपाईं के खोज्दै हुनुहुन्छ ?

२०२४ को सबैभन्दा धेरै कमाउने फिल्म बन्यो ‘कल्की’



अ+ अ-

एजेन्सी । अमिताभ बच्चन र प्रभास स्टारर फिल्म ‘कल्की २८९८ एडी’ ले ग्लोबल बक्स अफिसमा ७ सय करोडको कलेक्सन गरेको छ ।

फिल्मले ओपनिङ दिनमै विश्वभर १९१.५ करोडको व्यापार गरेको थियो । सप्ताहन्तसम्म यसले चार दिनमा कुल ५५५ करोड रुपैयाँ कमाएको थियो ।

फिल्मले भारतीय बक्स अफिसमा पहिलो हप्तामा ३९३.४ करोडको व्यापार गरेको इन्डस्ट्री ट्र्याकर सक्निल्कले जनाएको छ ।

यो फिल्मले पहिलो दिन देशभर ९५ करोड कमाएको थियो । सातौं दिन अर्थात बुधबार सबै भाषासहित देशभर २३ करोडको व्यापार गरेको थियो ।

हिन्दी संस्करणको कुरा गर्दा ‘कल्की’ ले ७ दिनमा १५३.१५ करोड कमाएको छ । अब यो ‘फाइटर’ ‘शैतान’ र ‘क्रू’पछि यो वर्षको चौथो धेरै कमाउने हिन्दी फिल्म हो । समग्रमा यो वर्षको सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ ।

यस वर्ष (विश्वभर)सबैभन्दा बढी कमाउने भारतीय चलचित्रहरू
कल्कि – ७०० करोड
हनु मान– ३५० करोड
फाइटर – ३३७.२ करोड
मन्जुम्मेल बोइज – २४२.३ करोड
शैतान – २११ करोड

नाग अश्विनको निर्देशनमा बनेको ‘कल्कि २८९८’ को बजेट करिब ६ सय करोड रहेको बताइएको छ । फिल्ममा अमिताभ बच्चनको अभिनयको सबैभन्दा बढी तारिफ भएको छ । यसमा उनी अश्वत्थामाको भूमिकामा देखिएका छन् ।

फिल्ममा विजय देवरकोन्डा, एसएस राजामौली, रामगोपाल वर्मा, दुल्कर सलमान, ब्रह्मानन्दम र मृणाल ठाकुर जस्ता कलाकारहरू पनि क्यामियो रोलमा देखिएका छन् ।