२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु



अ+ अ-

चितवन। खैरहनी नगरपालिका –०१ शाहीचोक स्थित बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार बिहान खैरहनी नगरपालिका –०१ शाहीचोकस्थित पूर्व–पश्चिम राजमार्गमा महोत्तरीबाट काठमाडौं जाँदै गरेको बा.प्र. ०३–००१ ख २७२८ नम्बरको बसले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका अन्दाजी ३५ वर्षीय पुरुषलाई प्रहरीले घटनास्थलबाट उद्धार गरी उपचारका लागि सरकारी अस्पताल भरतपुर पठाएको थियो ।

अस्पताल पुर्‍याइएका उनलाई चिकित्सकले बिहान ३:१५ बजे मृत घोषणा गरेका हुन् । मृतकको हालसम्म नाम, थर र वतन खुल्न सकेको छैन् ।

घटनापछि बस र चालक जिल्ला धादिङ नीलकण्ठ नगरपालिका –१४ बस्ने ४४ वर्षीय जितेन्द्र बहादुर गुरुङलाई नियन्त्रणमा लिईएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान समेत भइरहेको छ ।