२५ श्रावण २०८३, सोमबार
,
Latest
अनलाइन ठगीको सञ्जालः विवाहको प्रलोभनमा कास्कीकी एक महिलाले गुमाइन् ३१ लाख रुपैयाँ ह्वाइट हाउसको मुख्य कानूनी सल्लाहकारमा विल शार्फ नियुक्त दक्षिण लेबनानको ‘पाइलट क्षेत्र’ मा तीन सैनिक घाइते, इजरायली सेनाद्वारा अनधिकृत संरचना निर्माण झापामा एक वर्षमा ५१ किलोमिटर सडक कालोपत्र हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतलाई भेट्दै यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना बसको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु रूसी आधारहरूको भविष्यबारे मस्कोसँग सम्झौता गरेको सिरियाको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङमा गर्मीको नयाँ कीर्तिमानः तापक्रम ३६.९ डिग्री सेल्सियस पुग्यो



अ+ अ-

काठमाडौँ। हङकङमा तापक्रमले हालसम्मकै उच्च बिन्दु छोएर नयाँ कीर्तिमान कायम गरेको छ ।

हङकङ अब्जर्भेटरीकाअनुसार आईतवार दिउँसो ३ः३० बजे यहाँको तापक्रम ३६.९ डिग्री सेल्सियस पुगेको छ । यो सन् १८८४ मा मौसमसम्बन्धी अभिलेख राख्न शुरु गरिएयताकै सबैभन्दा उच्च तापक्रम हो ।

अब्जर्भेटरीले दिएको जानकारीअनुसार समुन्द्री आँधी डल्फिनको वाह्य वायुमण्डलीय प्रभाव का कारण यहाँ अत्यधिक गर्मी बढेको हो ।

मौसमविद्हरूले यो प्रचण्ड गर्मी अझै केही दिनसम्म कायम रहने प्रक्षेपण गरेका छन् । यस क्रममा केही क्षेत्रमा तापक्रम ३७ डिग्री सेल्सियसभन्दा माथि पुग्न सक्ने अनुमान समेत गरिएको छ ।

यसैबीच, आईतवार दिउँसो चीनको पूर्वी तटीय क्षेत्रमा रहेको झेजियाङ प्रान्तमा डल्फिन आँधी ठोक्किएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल