११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मुख्य सडक अवरुद्ध भएपछि पुनःत्रिभुवन राजपथ वैकल्पिक मार्ग बन्दै News Polar मनाङको तालगाउँ डुबानमा News Polar बाढी प्रभावित जनप्रतिनिधिहरुसँग मन्त्री लम्सालको छलफल News Polar मनसुनजन्य विपद्बाट २१ जनाको मृत्यु, नवलपरासीको डेढगाउँमा ५४४ मिलिमिटर वर्षा News Polar बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रबाट ६८२ जनाको उद्धार News Polar पितृपक्ष (सोह्र श्राद्ध) सुरुः आज प्रतिपदा तिथि श्राद्ध News Polar मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह News Polar पहिरोले घर पुरिँदा पाँच जनाको मृत्यु, एक बेपत्ता News Polar वडा कार्यालयबाट मालपोत कर तिर्ने व्यवस्था लागू News Polar जर्मनीमा बस दुर्घटनामा दुई फिलिपिनी पर्यटकको मृत्यु News Polar भारतमा बाढी–पहिरोमा ५६ जनाको मृत्यु, उत्तर प्रदेश सबैभन्दा प्रभावित News Polar संकटको बेला जुनसुकै नियतले फैलाइने भ्रामक प्रचार पूर्ण रूपमा अस्वीकार्य: प्रधानमन्त्री वालेन्द्र शाह News Polar चाडपर्व नजिकिँदै गर्दा सहुलियत दरमा चामल बिक्री News Polar कोरला सडक पूर्ण रूपमा अवरुद्ध News Polar पर्यटन विकासका लागि अन्तरमन्त्रालय समन्वय आवश्यक छः पर्यटनमन्त्री News Polar मुख्यमन्त्री थापाद्वारा शङ्खधर साख्वा सङ्ग्रहालयको अवलोकन News Polar फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन News Polar बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा News Polar ‘सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण’ News Polar चोलेन्द्र पक्राउ प्रकरण: भोलि सर्वोच्चको फुल कोट बस्ने, सरकारलाई प्रश्न सोध्ने

ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड

ढोरपाटनको सडक सहज बनाउन मन्त्री लम्सालको जोड
अ अ+ अ-

बागलुङ। भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ढोरपाटन पुग्ने पर्यटकको यात्रा सहज बनाउन सडक स्तरोन्नतिलाई प्राथमिकतामा राखिएको बताउनुभएको छ ।

बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमनपछि मन्त्री लम्सालले ढोरपाटन पुग्ने पर्यटकलाई स्तरीय सडकमार्फत स्वागत गर्ने वातावरण सरकारले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो सडकको अवस्था र निर्माणमा देखिएका समस्या पहिचान गरी समाधान गर्ने उद्देश्यका साथ मन्त्री लम्साल ढोरपाटन पुग्नुभएको हो । उहाँले आज बुर्तिबाङ–ढोरपाटन सडकको स्थलगत अनुगमन गरी फर्किनुभएको सांसद शोभा शर्माले जानकारी दिनुभयो ।

“फल्नेघर क्षेत्रमा हालै स्तरोन्नति गरिएको सडकमा पहिरो गएका कारण समस्या देखिएको र ठाउँठाउँमा पहिरो खस्दा जटिलता उत्पन्न भएको पाइयो”, मन्त्री लम्सालले भन्नुभयो, “वर्षामा पहिरो पन्छाउनेलगायतका काम आयोजना र नगरपालिकाले मिलेर गर्नेछन् । ढोरपाटन पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि छिट्टै ठेक्का लाग्छ, सरकारले बजेटको व्यवस्था गरेको छ ।”

सालझण्डी–ढोरपाटन सडक निर्माणमा ढिलाइ हुनुमा ठेकेदारको कमजोरी रहेको उल्लेख गर्दै मन्त्री लम्सालले ठेक्का लागेका क्षेत्रमा छिटो काम सम्पन्न गर्न निर्देशन दिनुभयो । उहाँले ठेक्का नलागेका क्षेत्रमा तत्काल ठेक्का प्रक्रिया अघि बढाउन आयोजनालाई आग्रह गर्नुभयो ।

अनुगमनका क्रममा मन्त्री लम्सालले बुर्तिबाङ बजारका स्थानीयसँग छलफलसमेत गर्नुभएको थियो । स्थानीयले बुर्तिबाङ बजारमा देखिएको खानेपानीको समस्या समाधान तथा बुर्तिबाङ प्रादेशिक अस्पतालको सेवा विस्तारमा सहयोग गर्न मन्त्रीसमक्ष माग गरेका थिए ।

स्थानीयका समस्या तथा गुनासा सुनेपछि मन्त्री लम्सालले बुर्तिबाङ बजारको खानेपानी तथा प्रादेशिक अस्पतालको समस्याबारे आफू अवगत भएको बताउनुभयो । “सरकारले क्रमशः जनताका समस्या प्राथमिकताका आधारमा समाधान गर्छ”, उहाँले भन्नुभयो, “समस्या पहिचान गर्न सकेमा मात्र समाधान गर्न सकिन्छ भन्नेमा म विश्वस्त छु ।”

राष्ट्रिय प्राथमिकताको आयोजनाका रूपमा रहेको सालझन्डी–ढोरपाटन सडकअन्तर्गत बागलुङको बुर्तिबाङ–फल्नेघर खण्डमा २२ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ । सडक चौडा बनाएर ग्राभेल गरिए पनि कालोपत्र नभएका कारण वर्षायाममा सडक हिलाम्मे हुँदा सवारीसाधन फस्ने समस्या देखिएको छ ।

रु २५ करोड ६१ लाख ३१ हजार १६६ को लागतमा उक्त सडकखण्ड स्तरोन्नति भइरहेको हो । रुपन्देहीको सालझन्डीबाट सुरु भएको उक्त सडक अर्घाखाँचीको सन्धिखर्क, पाल्पा र गुल्मी हुँदै बागलुङको ढोरपाटनसम्म पुगेको छ । सडक निर्माणमा भइरहेको ढिलाइको अवस्था बुझ्न मन्त्री लम्साल पाल्पा हुँदै बागलुङ आउनुभएको हो । रासस