१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई News Polar गोदावरी पर्यटन प्रवर्द्धन महोत्सवबाट सङ्कलित रकम बाढीपीडितलाई दिइने News Polar कपिलवस्तुमा क्षमताभन्दा बढी कैदीबन्दी : व्यवस्थापनमा चुनौती News Polar विशिष्ट व्यक्ति पक्राउ गर्ने क्रम नरोकिए सरकारले ठूलो मूल्य चुकाउनुपर्छ : प्रचण्ड News Polar विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ News Polar नेपथ्यले गरायो कोरियामा बृहद् नेपाली जमघट News Polar मनाङमा बाढी–पहिरोले ठूलो क्षति, १४ जना सम्पर्कविहीन News Polar नारायणीको बाढीले नवलपुरमा ११ सयभन्दा बढी विस्थापित, तत्काल राहत दिन सांसद खनालको माग News Polar सांसद गिरीको आरोप– सरकार गलत बाटोतर्फ अघि बढिरहेको छ News Polar विद्युत महसुलमा लगाइएको भ्याट फिर्ता लिन महासंघको आग्रह News Polar पूर्वप्रधानन्यायाधीश राणाको पक्राउलाई लिएर संसदमा एमालेको आक्रोशः ‘सरकारले राज्य आतङ्क मच्चायो’ News Polar बागलुङमा पहिरोमा परी १० जनाको मृत्यु, एक बेपत्ता News Polar बिपी राजमार्ग खुलाउने प्रयास जारी News Polar दुलालको प्रश्न– ‘के खाएपछि मध्यरातमा जोश आउँछ र असंवैधानिक काम हुन्छ?’ News Polar एमाले उपनेता अर्यालको मागः ‘विपद्को दीर्घकालीन व्यवस्थापनका लागि राष्ट्रिय गुरुयोजना बनाऊ’ News Polar सरकारको कामकारबाही ‘लुकिछिपी’ शैलीको भयोः सांसद राई News Polar मेलबर्नमा नेवा: गुठीको आयोजनामा इन्द्र जात्रा–येँया पुन्ही सम्पन्न News Polar पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मागे थप सुरक्षा News Polar थुनिएको मस्र्याङ्दी नदीमा पानी बग्न थाल्यो

गृहमन्त्री हुँदा रवि लामिछानेले स्टन्टमात्रै गरे: मन्त्री गुप्ता

गृहमन्त्री हुँदा रवि लामिछानेले स्टन्टमात्रै गरे: मन्त्री गुप्ता
अ अ+ अ-

काठमाडौं, २ साउन । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्का मन्त्रीहरु एक वर्षमा फेरिने बताएका छन् ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी एक वर्षमा मन्त्रीहरुको सेट नै फेरिने र त्यतिबेला महिला, दलित र अन्य समूदायबाट पनि समावेशी प्रतिनिधित्व हुने स्पष्ट पारेका हुन् । प्रधानमन्त्री ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकार राष्ट्रिय सहमतिको सरकार रहेको दाबी गर्दै उनले सबै दललाई मिलाउँदा समावेशी प्रतिनिधित्व हुन नसकेको स्विकारे ।

‘अहिलेको सरकार राष्ट्रिय सहमतिको सरकार हो, एकल सरकार होईन । यो टिम एक वर्षका लागि हो । त्यसपछि सम्माननीय प्रधानमन्त्रीज्यूको नेतृत्वमा अर्को टिम आउँछ । दलित पनि आउँछन्, महिलाको संख्या पनि बढ्छ । राष्ट्रिय सहमतिको सरकारलाई सबै दल मिलाउनुपर्ने बाध्यता पनि छ । अरू पार्टीहरुसँग पनि कुरा हुँदैछ । एक÷दुई दिनमा उहाँहरु पनि सहभागी हुनुहुनेछ,’–उनले भने ।

प्रधानमन्त्री ओलीले विगतमा ३८ महिना सरकारको नेतृत्व गर्दा विकासले गति लिएको र साह्रा देशले उनलाई मन पराएको मन्त्री गुप्ताको दाबी छ । उनले अब आफूहरु पनि प्रधानमन्त्री ओलीको सहयोगीको रूपमा मन्त्रालयमा रहेर देशको आर्थिक विकास, सुशासन र विकास निर्माणको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले देशले प्रधानमन्त्री ओलीकै नेतृत्व खोजेको दाबी गरे ।

मन्त्री गुप्ताले गत २०७९ को निर्वाचनमा जनताले कुनै पार्टीलाई स्पष्ट बहुमत नदिँदा एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउनुपरेको बताए । ‘२०७९ को निर्वाचनमा कुनै पार्टीलाई स्पष्ट बहुमत थिएन । एमाले र कांग्रेस मिलेर राष्ट्रिय सहमतिको सरकार बनेको छ । अब यो देश अगाडि बढ्छ । हामी यो देशलाई अगाडि बढाउँछौं,’– उनले भने ।

मन्त्री गुप्ताले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको यसअघिको सरकारले विगतमा फाइल खोल्छौंमात्रै भनेको र वास्तविक रूपमा काम गर्न नसकेको बताए । उनले वर्तमान सरकारले निवर्तमान सरकारले खोल्छौं भनेका सबै फाइल खोल्ने र छानविन पनि अगाडि बढाउने बताए । उनले वर्तमान सरकारले भ्रष्टाचारीहरु कसैलाई पनि नछाड्ने बताए । ‘जति फाइल खोल्ने पहिला चर्चा जुन थियो र फाइल खुल्दैन थियो । यो सरकारले भ्रष्टाचारीलाई छोड्दैन । ती सबै फाइलहरुको छानविन हुन्छ,’– उनले भने ।

त्यस्तै, वर्तमान सरकारले समावेशी समानुपातिक व्यवस्था हटाउने कुरा नगरेको उनको स्पष्टोक्ति छ । मन्त्री गुप्ताले समावेशी समानुपातिक निर्वाचन प्रणालीलाई राष्ट्रिय सभामा व्यवस्थापन गरेर प्रतिनिधि सभालाई पूर्ण रूपमा प्रत्यक्ष निर्वाचितको थलो बनाइनुपर्ने उनले बताए । आफूहरुले कहिल्यैपनि संघीयता फाल्ने कुरा नगरेको मन्त्री गुप्ताले स्पष्ट पारे । ‘संघीयता फाल्ने कुरा हामीले गरेकै छैनौं । संघीयतालाई व्यवस्थित् बनाउनुपर्छ । फाल्ने कुरा कदापि सोच्न पनि सकिँदैन । तर, संघीयतालाई व्यवस्थित बनाउनुपर्छ । त्यहाँ समानुपातिक प्रतिनिधित्व बढी भयो । त्यसलाई हामीले व्यवस्थापन गर्ने भनेका छौं,’– उनले भने ।
‘कांग्रेसले योभन्दा अगाडिको गठबन्धनलाई ‘सहकारीबन्धु’ भनेर नाम दिएको थियो । अहिलेको गठबन्धनलाई चाहीँ ‘भुटानीबन्धु’ नाम दिन मिल्छ कि मिल्दैन ?’ भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले भने,‘नाम तपाईँहरु जे पनि दिन सक्नुहुन्छ । तर, त्यस्ता कुराहरुको यो सरकारले छानविन गर्छ ।’

मन्त्री गुप्ताले विगतमा अपराध गरेका उपप्रधानमन्त्रीदेखि नेपाल प्रहरीको आईजी, डीआईजीलगायत अहिले जेलमा रहेको बताउँदै अपुष्ट आरोप लागेका मानिस मन्त्री बन्दैमा उनीहरुले गरेको अपराधबाट उन्मुक्ति नपाउने बताए । पदमा जाँदैमा आफूले विगतमा गरेको अपराध कर्मबाट कोही पनि सुरक्षित नहुने उनको भनाइ छ । ‘तपाईँहरुले देख्नुभएको छैन ? यो देशका उपप्रधानमन्त्रीहरु पनि झेलखानामा छन् । आईजी, डीआईजीहरु पनि झेलखानामा छन् । अपराध गरेको छ भने पदमा जाँदैमा केही सुरक्षित हुन्छ र ? त्यो त सजाय पाउँछ,’– उनले भने ।

साथै, बेचन झा पक्राउ पर्दा सरकार ढलेको भन्ने कुरामा सत्यता नरहेको उनको दाबी छ । मन्त्री गुप्ताले उक्त आरोपलाई निवर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको स्टन्ट गरेको आरोप लगाए ।