१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक

ट्राफिक प्रहरीको इतिहास र विकास तस्बिरमा सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको विशिष्टकृत एकाइका रूपमा रहेको ट्राफिक प्रहरीको सात दशक लामो इतिहास र विकासक्रमलाई तस्बिरमार्फत सार्वजनिक गरिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले ‘ट्राफिक पुलिस मिरर’ सार्वजनिक गर्नुभयो ।

उक्त पुस्तकमा नेपालमा सडक यातायात तथा ट्राफिक प्रहरीसँग सम्बन्धित ऐतिहासिक गतिविधिको सङ्ग्रह गरिएको छ । पुस्तकमा ट्राफिक प्रहरीको इतिहास, विकासक्रम, पोशाक परिवर्तन, घोडचढी प्रहरी, सडक सुरक्षा कार्यक्रमसँग हालसम्म गरिएका विविध गतिविधिलाई तस्बिरमा प्रस्तुत गरिएको छ ।

नेपालमा पहिलो पटक सवारीसाधन भित्रिएपछि विसं २००७ मा रामदलमार्फत ट्राफिक व्यवस्थापन गरिएको इतिहास छ । औपचारिक रूपमा २००९ सालमा ‘ट्राफिक पुलिस डिटचम्यान्ट’को नामबाट ट्राफिक प्रहरीको प्रारम्भ भएको थियो । पुस्तकले ट्राफिक प्रहरीको विकासक्रम, त्यसपछिका महत्त्वपूर्ण अभियान एवं गतिविधिलाई तथ्यपरक बनाउने, सडक व्यवस्थापनका मुख्य सरोकारवाला निकायको भूमिका, समन्वय र सहकार्यलाई थप सहयोग गर्ने विश्वास व्यक्त गरिएको छ ।

उक्त पुस्तक ट्राफिक प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठको नेतृत्वमा प्रहरी नायब उपरीक्षकहरु चन्द्रबहादुर थापा, रविन कार्की र सुनिलजङ्ग शाह तथा प्रहरी निरीक्षक जितेश दाहाल र शेखरजङ्ग मल्लले सम्पादन गर्नुभएको हो । ट्राफिक प्रहरीको संस्थागत अभिलेख प्रभावकारी नहुँदा महत्त्वपूर्ण इतिहास लोप हुने क्रममा रहेकाले सो पुस्तक प्रकाशन गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी महानिरीक्षक कुँवरले नवीनतम् सोचबाट लक्ष्यित क्रियाकलापले मात्रै व्यावसायिकता अभिवृद्धि गर्नुका साथै समग्र सुरक्षा व्यवस्थापनमा प्रभावकारिता आउने विश्वास व्यक्त गर्दै ट्राफिक प्रहरीका कामकारबाहीलाई अझ जनमुखी बनाउन अनुशिक्षण, अनुगमन, सुपरीवेक्षण र परिमार्जन गरी सुधार ल्याउन निर्देशन दिनुभयो ।

“कतिपय सदस्यको आचरण, व्यवहार र गैरव्यावसायिक क्रियाकलापका कारण सबै सार्थक प्रयास ओझेलमा परेका छन् । जोखिम र चुनौतीपूर्ण कामकारबाहीका बाबजुद समग्र सङ्गठन जनगुनासोका घेरामा उभिनु परेको छ”, महानिरीक्षक कुँवरले भन्नुभयो । उहाँले उपलब्ध स्रोत र साधनको अधिकतम् प्रयोगद्वारा सडक व्यवस्थापन तथा यात्रुको सुरक्षामा ट्राफिक प्रहरीले  पुर्याएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक प्रहरीको इतिहास र विकासक्रमका साथसाथै सडक सुरक्षा एवं ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासलाई समेटेर तयार पुस्तक प्रकाशन गर्नु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले ट्राफिक प्रहरीको इतिहास, स्थापनाकालदेखि हालसम्म आएको परिवर्तन, सञ्चालित गतिविधि तथा ट्राफिक क्रियाकलापलाई समेटी तयार भएको यो प्रकाशन अनुसरणात्मक सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले ट्राफिक प्रहरीको इतिहास, वर्तमान र आगामी परिवेश बुझ्न, अध्ययन गर्न पुस्तक महत्त्वपूर्ण सन्दर्भ सामग्रीका रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।

बढ्दो सहरीकरण र जनघनत्वका अनुपातमा वृद्धि भएका सवारी साधनको सङ्ख्या, सीमित सडक र पूर्वाधारका अभावका बीच ट्राफिक व्यवस्थापनमार्फत नागरिकको जीउधनको सुरक्षा गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएका छन् । आर्थिक वर्ष २०७९/८० सम्ममा काठमाडौँ उपत्यकामा १८ लाखभन्दा बढी सवारी साधन दर्ता भएका र तीमध्ये दैनिक करिब १४ लाख सवारी साधन उपत्यकाकामा सडकमा गुड्ने आकलन गरिएको छ ।

काठमाडौँमा एक हजार एक सय १३ ट्राफिक दरबन्दी रहेकामा सोभन्दा ६७ प्रतिशत बढी अर्थात् एक हजार आठ सय ६६ जनशक्ति ट्राफिक व्यवस्थापनमा परिचालन भएका छन् ।

ट्राफिक प्रहरीले सडक केन्द्रित सुधारका कार्य, जनचेतना अभिवृद्धि र दुर्घटना न्यूनीकरणमा विशेष योजना अघि बढाउँदै आएको छ । उपत्यकामा बर्सेनि सानाठूला करिब १० हजार सडक दुर्घटना हुने गरेका तथ्याङ्क छ । ती दुर्घटनामा करिब दुई सयको मृत्यु तथा आठ हजारभन्दा बढी घाइते हुने गरेका छन् । मादक पदार्थ सेवन (मापसे) तथा लागुऔषध सेवन (लापसे) गरेर तीव्रगतिमा सवारी चलाउन निरुत्साहन गर्दै दुर्घटना घटाउन ट्राफिक प्रहरीले मापसे र लापसे जाँचलाई तीव्र पारेको छ ।