२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल्पमतमा परेपनि राजीनामा नदिने ‘मुड’मा प्रधानमन्त्री



अ+ अ-

काठमाडौँ । नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग गठबन्धन गरेपछि सरकार अल्पमतमा परेको छ ।

सरकार ढल्ने निश्चित हुँदासम्म नि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राजीनामा नदिने पूर्वअडानमा कायमै रहेका छन् ।

बुधबार प्रमुख सत्ता साझेदार एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो । अशोक राई नेतृत्वको जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिई एमाले– कांग्रेसको नयाँ गठबन्धनलाई साथ दिने बताईसकेको छ ।

मंगलबार बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले प्रधानमन्त्रीले राजीनामा नदिने निर्णय गरेको थियो । सरकार अल्पमतमा परेपनि प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मतको सामाना गर्ने सचिवालयका प्रेस संयोजक गोविन्द आचार्यले बताए । यस्तै, उनले प्रधानमन्त्रीले असार २३ गते प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने कार्यसूची नभएको जानकारी दिए ।

बिहीबार बिहान मन्त्रीहरुको राजीनामा बोकेर बालुवाटार पुगेका रास्वपाका शीर्ष नेताहरु राजीनामा नदिई फर्किएका छन् । भेटमा प्रधानमन्त्रीले संसद सामना गर्ने आफ्नो संवैधानिक अधिकार रहेकाले त्यतिन्जेलसम्म पर्खिन आग्रह गरेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले बताए ।‘ राजीनामा बुझाउन गएका थियौं । सम्मानीय प्रधानमन्त्रीले आफ्नो संवैधानिक अधकिारको प्रयोग गर्छु, संसदलाई फेस गर्छु भन्नुभयो । हामीले पनि सम्मान गर्दै चाँडै गर्न भनेका छौं,’ उनले भने ।

अल्पमतमा परेका प्रधानमन्त्री प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ ।