१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए

नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए
अ अ+ अ-

महेन्द्रनगर । नरबहादुर चन्द भारतमा जन्मिए । उनले माध्यमिक तहको शिक्षा पनि त्यहीँ आर्जन गरे । नरबहादुर कक्षा ६ मा पढ्दादेखि नै हकी खेल्न थालेका हुन् । उनका बुबा भारतको राजस्थान प्रान्तको उदयपुर जिल्लामा एउटा कम्पनीमा काम गर्दथे । नरबहादुर त्यहाँ हकीका अब्बल खेलाडी भएर निस्किए । उनले उदयरपुर जिल्लाको मात्र होइन, राजस्थान प्रान्तको टोलीमा सहभागी भएर हकीमा उत्कृष्ट प्रदर्शन गरे । भारतमा रहँदा जिल्ला र प्रदेशस्तरीय थुप्रै प्रतियोगिता खेलेका नरबहादुर हाल हकीको कञ्चनपुर प्रशिक्षकका रुपमा कार्यरत छन् ।

प्रशिक्षक चन्दले पछिल्लो समय सुदूरपश्चिमलाई हकी खेलको माध्यमबाट पनि चिनाएका छन् । भारतबाट कञ्चनपुर फर्किएपछि उनी यहाँ हकी खेलाडी उत्पादनमा समर्पित छन् । उनकै मेहनतका कारण हकीमा सुदूरपश्चिम प्रदेश अब्बल छ । विसं २०५२ देखि कञ्चनपुरको महेन्द्रनगरमा हकी प्रशिक्षकका रुपमा कार्यरत चन्दले हालसम्म ८० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गरिसकेका छन् ।

सन् १९९५ मा भारतको मद्रास (हाल चेन्नई) मा सातौँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता हुने तय भएको थियो । नेपालमा उक्त प्रतियोगिताको तयारी हुँदै थियो । नेपालले हकीमा भाग लिने भयो । तर नेपालमा हकी खेलको त्यती राम्रो अवस्था थिएन । नरबहादुर हकीमा भारतको राजस्थानमा चिनिएका खेलाडी थिए । उनको खेल देखेर नै भतिज गणेशबहादुर चन्दले नरबहादुरलाई सो प्रतियोगिताबारे जानकारी गराए ।

“घरबाट ९महेन्द्रनगर० भतिज गणेबहादुरको फोन आयो, उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट हकी खेल्ने अवसर छ भनेर खबर गरे”, २९ वर्षअघिको कुरा सम्झिदै नरबहादुरले रासससँग भने–“एक पटकको फोनको भरमा म नेपाल फर्किए र सोझै हकीको बन्द प्रशिक्षणमा सहभागी भए ।” नरबहादुरका भतिज गणेशबहादुर हाल कञ्चनपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष छन् । उनी भारतको राजस्थानमा छँदा नरबहादुरका सहपाठी हुन् ।

नरबहादुरले मद्रासमा भएको सातौँ दक्षिण एसियाली खेलकुदमा हकीमा उत्कृष्ट खेल प्रदर्शन गरे । “मेरो प्रदर्शनबाट प्रभावित भएर हकीका तत्कालीन मुख्य प्रशिक्षक अशोक पाण्डेले कञ्चनपुरमा हकी सिकाउन अस्थायी नियुक्ति दिए ।” सातौँ दक्षिण एसियाली खेलकुदबाट फर्किएदेखि हालसम्म उनी यतै हकी खेलाडी उत्पादनमा सक्रिय छन् ।

नरबहादुर आफुलाई हकीको सफल प्रशिक्षक ठान्छन् । उनी आफ्नो भूमिकाप्रति सन्तुष्ट छन् । “मैले सिकाएका खेलाडी सुदूरपश्चिमको टोलीमा मात्र होइन् देशभर छरिएका छन्”, उनले भने । खासगरी नरबहादुरले उत्पादन गरेका खेलाडीको नेपाल पुलिस क्लब, एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबमा दबदबा रहेको छ । विसं २०५२ मा हकी प्रशिक्षकका रुपमा जागिर खाएका उनी २०६१ सालमा स्थायी भए । “पछिसम्म पनि भारतको राजस्थानबाट हकी खेल्न र जागिर खान निम्तो आइरहन्थ्यो”, नरबहादुरले भने– “म नेपालमै खेलाडी उत्पादनमा लागेँ, यसमै सन्तुष्ट छु ।”

भारतको राजस्थानको उदयपुरमा स्वामी विवेकानन्द उच्च माध्यमिक विद्यालयमा पढ्दा विद्यालयका खेल प्रशिक्षक मधुकान्त सेनाडियाले नरबहादुरलाई हकी खेलमा प्रवेश गराएका हुन् । उक्त विद्यालयमा उनी सुरुआतमा फुटबल खेल्थे । प्रशिक्षक सेनाडियाकै करकापले पछि उनी हकी खेल्न थाले । हकी खेल्न थालेको वर्षदिनमै नरबहादुर जुनियरतर्फ उदयरपुर जिल्लाकै उत्कृष्ट खेलाडी बने । “त्यतीबेला भारतमा छँदा चारवटा राष्ट्रिय तथा प्रदेशस्तरीय खेलमा सहभागी भएँ”, उनले विगत सम्झिदै भने ।

सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामध्ये कञ्चनपुरमा मात्र हकीको अभ्यास गराइन्छ । यहाँ हकी लोकप्रिय छ । भारतको गुवाहाटीमा भएको ११औँं दक्षिण एशियाली खेलकुद प्रतियोगिता ९साफ० मा सहभागी नेपालको महिला हकी टोलीमा सबै नरबहादुरले सिकाएका खेलाडी थिए । उनकै मेहनतका कारण पाचौँ र छैठाँै बृहत् राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले महिला हकीमा स्वर्ण पदक जितेको थियो । त्यसपछिका राष्ट्रिय प्रतियोगितामा पनि नरबहादुरले उत्पादन गरेका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्दैआएका छन् ।

सन् २०१० मा बङ्लादेशको ढाकामा भएको १२औँ साफ खेलकुद प्रतियोगितामा हकीमा सहभागीमध्ये अधिकांश खेलाडी नरबहादुरकै उत्पादन थिए । महेन्द्रनगर नजिकैको उल्टाखाम त हकी खेलका नामले परिचित छ । कञ्चनपुरका महेन्द्रनगरस्थित कभर्डहल र भीमदत्त नगरपालिका–३ लक्ष्मी माविको चउरमा उनले हकी सिकाउँदै आएका छन् । उनलाई पूर्वाधार अभाव खड्केको छ । “फुटबल मैदानमा हकी सिकाउनुपर्ने अवस्था छ”, उनले भने । नरबहादुरले हकीका सिनियर खेलाडी कान्तुराम पनेरुको निजी पहलमा हकी मैदान बनाउन प्रयासरत रहेको बताए । खेल मैदान बनाउन पनेरुसँगै हातेमालो गर्न उनी कस्सिएका छन् ।

“स्तरीय खेल मैदान र खेल सामग्री प्राप्त भए हकीमा धेरै प्रगति गर्न सकिन्छ”, प्रशिक्षक नरबहादुरले उत्साहित हुँदै भने । हालसम्म महेन्द्रनगरस्थित कभर्डहलमा उत्पादन गरेका ६८ तथा उल्टाखाम गाउँमा उत्पादन भएका १६ खेलाडीले नेपालको टोलीमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हकी प्रतियोगिता खेलिसकेको उनले जानकारी दिए । “हाल ६५ खेलाडी हकीको नियमित अभ्यासमा छन्”, प्रशिक्षक नरबहादुरले भने ।

कञ्चनपुर फुटबल सङ्घका अध्यक्ष एवम् सहपाठी गणेशबहादुर चन्द नरबहादुरले हकीमा गरेको मेहनत लोभलाग्दो भएको बताउँछन् । “खेलमैदान र खेल सामग्री अभावमा पनि प्रतिभावान खेलाडी उत्पादन गर्नु चानचुने कुरा होइन”, उनले भने । रासस