• २१ असार २०८१, शुक्रबार
  •      Fri Jul 5 2024
  •   Unicode
Logo
Latest
★   समाजवादीको महाधिवेसन कहीँ नभएको जात्रा: किसान श्रेष्ठ ★   जनता समाजवादी पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता,मन्त्रीले दिए राजीनामा ★   धानको न्युनतम समर्थन मूल्य निर्धारण, यी हुन् मन्त्रिपरिषद्का अन्य निर्णय ★   आइतबारसम्म बाढीको जोखिम ★   क्रिकेटर अप्सरी बेगमलाई निलम्बन गर्ने क्यानको निर्णय ★   विश्वकपको बेला भ्रामक प्रचार गरेको भन्दै क्यानले उपाध्यक्ष सिंहसहित चारजनालाई सोध्यो स्पष्टीकरण ★   वित्तीय अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने जिम्मेवारी हाम्रो होइन: नेपाल प्रहरी ★   नयाँ सत्ता समीकरणको विषयलाई लिएर खुशी भइहाल्ने अवस्था छैन: शेखर कोईराला ★   प्रमुख प्रशासकीय अधिकृतसहित आठ जनाविरूद्द भ्रष्टाचार मुद्दा दायर ★   एमालेलक्षित झलनाथको टिप्पणी: काँग्रेससँग मिलेर जनता र राष्ट्रको हित हुँदैन

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह



काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

काँग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समिकरणको मुख्य दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नयाँ सत्ता समिकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई वटा ठूला दल नेपाली काँग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भईराखेको छ । यो जुन नयाँ समिकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ । संविधान संशोधनको विषयमा सबै दलसँग सघन छलफल गरेर हामी अघि बढछौं । ‘नेकपा एमाले र नेपाली काँग्रेसबीच आगामी सहकार्य गरेर जाने बारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गयो । र समर्थन गर्‍यो । र सँगसँगै दुई दलका नेताहरुको बीचमा जुन समझदारी भएको छ । हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाजी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीचमा जुन समझदारी भएको थियो ।

त्यो समझदारीको मूल विषयवस्तु पहिला पनि सञ्चारकर्मी साथीहरुलाई जानकारी गराएका थियौं । मुलभुत रुपमा देशमा स्थायित्व दिनका लागि सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने राष्ट्रिय सहमती जुटाउने र मुद्दामा सहमत दलहरुलाई पनि यसमा जोड्ने । जहाँसम्म नेतृत्वको सवाल छ । सरकारको नेतृत्वको सवाल छ । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आम निर्वाचन सम्पन्न गर्नेसम्मका लागि हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने । यही नै समझदारीको मुल विषयवस्तु हो । त्यो सम्झदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । अर्को विषय वस्तुलाई पार्टी सभापतिले भ्रातृ संगठनका सम्बन्धमा जुन निर्णय गर्नुभएको थियो समय थप गर्ने सम्बन्धमा । र निर्देशक समितिको सम्बन्धमा । त्यो निर्णयलाई पनि कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । यही नै विषयवस्तु हो ।’

त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको नेपाली काँग्रेसले जनाएको छ ।