१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सुरक्षा निकायबाट पनि खाना पकाउने ग्यास वितरण गर्न अनुमति दिने तयारी News Polar नागरिकमैत्री कानूनमार्फत विकास र लगानीको वातावरण बनाउने सरकारको लक्ष्य : मन्त्री लम्साल News Polar जलवायु कूटनीतिको प्रभावकारिता घरेलु कार्यान्वयनबाट प्रमाणित हुन्छ : परराष्ट्रमन्त्री खनाल News Polar त्रिशूली करिडोरको विकासका लागि एकीकृत गुरुयोजनाको खाँचो News Polar सरकार संसदप्रति उदासीन र अधिनायकवादी दिशातर्फ उन्मुख : प्रमेशकुमार हमाल News Polar सांसदको भूमिका बजेट माग्नेमात्र होइन, राष्ट्रिय ढुकुटी भर्ने नीति बनाउनुपर्छ : अच्युतम लामिछाने News Polar झापामा हात्ती आतंक र सुकुम्वासी समस्याप्रति सरकारको ध्यानाकर्षण News Polar ‘घटना फेरिँदै जाँदा पीडितको न्याय ओझेलमा पर्नु हुँदैन’ : सांसद धिताल News Polar स्ट्यान्डबाइ उपकरण र चार्जरबाट २० प्रतिशतसम्म विद्युत् खपत, मितव्ययी बन्न ऊर्जामन्त्रीको आग्रह News Polar एमाले संसदीय दलका नेता थापा सरकारप्रति आक्रोशित, भने– ‘फासीवादी शासनतर्फ उन्मुख’ News Polar असोज १ देखि १५ गतेसम्मको करदाता प्रोत्साहन पुरस्कारको नतिजा आज सार्वजनिक हुँदै News Polar सरकार निजी क्षेत्रमैत्री र सुधारमुखी सरकार भएको कुरा पुष्टि हुँदैछः अर्थमन्त्री वाग्ले News Polar दाङ–३ का समस्या समाधान नभएको भन्दै सांसद सुवेदीले सरकारको ध्यानाकर्षण गराए News Polar प्रभु बैंकका ग्राहक र कर्मचारीलाई रुस्काज ब्युटी स्टुडियोमा ३० प्रतिशतसम्म छुट News Polar दैलेखको जलजलेमा प्राकृतिक ग्याँस उत्खनन रोकिएको विषय संसद्मा उठ्यो News Polar म्यादी प्रहरीको कपडा खरिद विवाद अध्ययन गर्न मनिष झाको नेतृत्वमा समिति गठन News Polar जलवायु न्यायलाई नारामा सीमित नराखी व्यवहारमा उतार्नुपर्छ : परराष्ट्रमन्त्री खनाल News Polar ओमानमा हुने लिग २ शृङ्खलाका लागि नेपालको टोली घोषणा News Polar प्रतिपक्षीका मागप्रति सरकार उदासीन भएको सांसद राईको आरोप News Polar राष्ट्रसङ्घको ८१औँ महासभाः चुनौती र नेपालको प्रस्तुति

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ ।

काँग्रेस–एमाले नयाँ समिकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसदको सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समिकरणको मुख्य दल नेपाली काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो ।

बुधवार बिहान सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको सो बैठकले दुई ठूला दल र अन्य दलहरुले पनि नयाँ सत्ता समिकरणको पक्षमा आफ्नो मत राखेपछि नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीलाई माग प्रशस्त गर्न आग्रह गर्ने निर्णय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो । त्यसैगरी बैठकले नयाँ सत्ता समिकरणका लागि एमालेसँग गरिएको समझदारी पनि अनुमोदन गरेको छ । बैठकले संविधान संशोधन गर्ने दुई दलबीचको समझदारी सबै दलहरुसँग सघन छलफल गरेर मात्रै बढाउने पनि स्पष्ट पारेको प्रवक्ता महतले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘दुई वटा ठूला दल नेपाली काँग्रेस र एमालेसँगै सरकार बनाउने भनिसकेपछि त स्वभाविक रुपमा सम्माननीय प्रधानमन्त्रीजीले मार्गप्रशस्त गर्नु पर्छ । त्यो पनि हाम्रो निर्णयमा आएको छ । उहाँले मार्ग प्रशस्त गर्न उपयुक्त हुन्छ । र, अरु दलको समेत समर्थन घोषणा भईराखेको छ । यो जुन नयाँ समिकरण बनेको छ । यो सम्बन्धमा हाम्रो कार्य सम्पादन समितिको बैठकले सम्माननीय प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ । संविधान संशोधनको विषयमा सबै दलसँग सघन छलफल गरेर हामी अघि बढछौं । ‘नेकपा एमाले र नेपाली काँग्रेसबीच आगामी सहकार्य गरेर जाने बारे जुन समझदारी भएको थियो सरकार निर्माण गर्ने सम्बन्धमा । त्यसलाई स्वागत गयो । र समर्थन गर्‍यो । र सँगसँगै दुई दलका नेताहरुको बीचमा जुन समझदारी भएको छ । हाम्रो पार्टी सभापति आदरणीय शेरबहादुर देउवाजी र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बीचमा जुन समझदारी भएको थियो ।

त्यो समझदारीको मूल विषयवस्तु पहिला पनि सञ्चारकर्मी साथीहरुलाई जानकारी गराएका थियौं । मुलभुत रुपमा देशमा स्थायित्व दिनका लागि सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि यो सहकार्य गर्ने राष्ट्रिय सहमती जुटाउने र मुद्दामा सहमत दलहरुलाई पनि यसमा जोड्ने । जहाँसम्म नेतृत्वको सवाल छ । सरकारको नेतृत्वको सवाल छ । सुरुमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्ने र दोस्रो चरणमा आम निर्वाचन सम्पन्न गर्नेसम्मका लागि हाम्रा पार्टी सभापति आदरणीय शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्ने । यही नै समझदारीको मुल विषयवस्तु हो । त्यो सम्झदारीलाई कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । अर्को विषय वस्तुलाई पार्टी सभापतिले भ्रातृ संगठनका सम्बन्धमा जुन निर्णय गर्नुभएको थियो समय थप गर्ने सम्बन्धमा । र निर्देशक समितिको सम्बन्धमा । त्यो निर्णयलाई पनि कार्य सम्पादन समितिले अनुमोदन गरेको छ । यही नै विषयवस्तु हो ।’

त्यसैगरी बैठकले पार्टी सभापति देउवाले पार्टीको भ्रातृ संगठन र निर्देशक समितिको म्याद थप गर्ने निर्णयलाई पनि अनुमोदन गरेको नेपाली काँग्रेसले जनाएको छ ।