१९ भाद्र २०८३, शुक्रबार
,
Latest
रसुवा बाढीबाट ७ हजार ५ सयभन्दा बढी घर पूर्ण रूपमा क्षतिग्रस्त, ३२ हजार नागरिक प्रभावित केरुङ नाका जोड्ने सडक सात दिनपछि पुनः सञ्चालनः चुनौतीपूर्ण भूगोल र प्रतिकूल मौसम कसरी मिल्यो… चौलानी नदी आंशिक थुनिएकाबारे मुख्यमन्त्री भट्टको चासो, सतर्क रहन आग्रह म्याग्देमा व्यवसाय विस्तारसँगै आत्मनिर्भरता बढ्दै भोटेकोशी बाढीः त्रिशूली–३ ‘ए’ मा खोज तथा उद्धार जारी रसुवा बाढीः मधेसका ३१ जना सम्पर्कमा, १६७ अझै बेपत्ता एसियाली खेलकुदका खेलाडीलाई पहिलोपटक विमानस्थलमै ‘भीआईपी’ सुविधा भोटेकोशी बाढीपछि पर्यटन पुनरुत्थानका लागि क्षतिको विवरण संकलनदेखि वैकल्पिक सडक र नाका सञ्चालनसम्मको पहल कृष्ण जन्माष्टमीः कृष्ण मन्दिरका चारै ढोका खुला, विशेष आरती गरिँदै ‘सुरुङभित्र फसेकाको खोजीकार्य प्रभावकारी रूपमा भइरहेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसद्वारा ओली र देउवा आलोपालो प्रधानमन्त्री बन्ने सहमति अनुमोदन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले एमालेसँग भएको सत्ता सहकार्यको समझदारी अनुमोदन गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवासमा बूढानिलकण्ठमा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक एमालेसँग भएको सहमति अनुमोदन गरेको हो ।

बैठकपछि बोल्दै प्रवक्ता डा प्रकाशशरण महतले एमालेसँग भएको सहमतिको स्वागत गरेको बताए । ‘सरकार सुरूमा ओलीजीको नेतृत्वमा बन्छ । दोस्रो कार्यकालमा हाम्रो पार्टी सभापति बन्नुहुन्छ । समझदारीको मुल विषय यही हो’,उनले भने ।

यस्तै, कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मार्गप्रशस्त गर्न पनि आग्रह गरेको छ ।

कांग्रेस र एमालेबीच आलोपालो सरकारको नेतृत्व गर्ने, संविधान संशोधन गर्ने र नयाँ सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिने लगायतका विषयमा समझदारी भएको छ ।