४ पुष २०८२, शुक्रबार
,
Latest
संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

संयुक्त राष्ट्रसंघका महासचिवद्वारा शान्तिपूर्ण निर्वाचनको लागि आग्रह



अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले नाइजरमा विधायिका र राष्ट्रपति निर्वाचन शान्तिमय र सुरक्षित गर्नुपर्नेमा जोड दिनुभएको उहाँँका प्रवक्ताले शनिबार बताउनु भएको छ । 

गत डिसेम्बर १३ मा भएको स्थानीय चुनावको शान्तिपूर्ण आचरणको सम्झना गर्दै महासचिवले आइतवारको चुनावलाई समावेशी, शान्तिपूर्ण र सुरक्षित ढङ्गले सम्पन्न गर्ने सुनिश्चित गर्न सबै राष्ट्रिय सरोकारवालाहरुलाई आह्वान गर्नु भएको प्रवक्ता स्टेफान दुजारिकले जारी गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

गुटर्रेसले प्रजातन्त्र र दिगो विकासको लागि नाइजरको प्रयासमा संयुक्त राष्ट्रसंघको प्रतिबद्धता दोहोर्याउनु भएको पनि विज्ञप्तिमा बताइएको छ ।