४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

बङ्गलादेशबाट मल ल्याउने तयारी

बङ्गलादेशबाट मल ल्याउने तयारी
अ+ अ-

काठमाडौं । बङ्गलादेशबाट यही पुस महिनाभित्रैमा रासायनिक मल नेपाल पठाउने तयारी अन्तिम चरणमा पुगेको छ ।  सरकारले एलसी (लेटर अफ क्रेडिट) अर्थात् प्रतितपत्र खोलेलगत्तै यसको १० दिनभित्रमा मल ढुवानीको शुरुआत हुनेछ । कृषि सामग्री कम्पनीले आइतबार बैंकमार्फत एलसीका लागि प्रक्रिया शुरु गरिसकेकाले अर्को हप्ताबाट मल ढुवानी थालिने बङ्गलादेशस्थित नेपाली राजदूत डा वंशीधर मिश्रले जानकारी दिनुभयो । 

सम्झौताअनुसार एलसी खोलेको १० दिनभित्रमा मल ढुवानी शुरु गरिसक्नुपर्ने र दुई महिनाभित्रमा ढुवानी सक्नुपर्ने हुन्छ । सरकारले बङ्गलादेशबाट ५० हजार मेट्रिक टन मल ल्याउँदै छ । मल भित्र्याउँदा प्रतिमेट्रिकटन ३५९ दशमलव ५ डलर बराबर लाग्ने जनाइएको छ । यो हाल आयात भइरहेको मलको तुलनामा प्रतिमेट्रिकटन झण्डै साढे १८ डलरको दरले सस्तो हो । “विश्वकै उच्च गुणस्तरीय मल यसरी नेपाल जाँदा ५० हजार मेट्रिकटनमा झण्डै रु १० करोड नेपाली रुपैयाँ बचत हुन्छ”, उहाँले भन्नुभयो । 

युरिया मलको ढुवानी हुनु दुईदेशका बीचमा नयाँ फड्कोका रुपमा लिइएको छ । यसले विद्युत् व्यापारलगायत अन्य सम्पर्क सञ्जाल विस्तारका लागिसमेत सहयोग पुग्ने विश्वास दुवै देशको छ ।

हुन त बङ्गलादेशमा हरेक वर्ष २५ लाख मेट्रिकटन मल खपत हुन्छ । यहाँ १० लाख मेट्रिक टन आफैँले उत्पादन गरे पनि १५ लाख मेट्रिकटन आयात हुँदै आएको छ । त्यसैले बङ्गलादेशले मल बिक्री गर्ने भन्ने कुरा हुँदैन ।  नेपाललाई ५० हजार मेट्रिकटन मल चाँहिने कुरा बङ्गलादेशका लागि सानो परिमाण हो । त्यसैले नेपालले गरेको कूटनीतिक पहललाई बङ्गलादेशले सहर्ष स्वीकार गरेको गरेको हो । 

मल निर्यात गर्ने नीति बङ्गलादेशको छैन । यसका लागि माथिल्लो तहको निर्णय चाहिने हुँदा प्रधानमन्त्री तहमा कुरा भयो भने मल ढुवानीको काम सम्भव छ भनेर सुझाव आएपछि त्यहीअनुसार पहल गरेको राजदूत डा मिश्रले जानकारी दिनुभयो ।

सरकारले गत अप्रिलदेखि बङ्गलादेशसँग मल ल्याउने विषयमा छलफल चलाएको थियो । जुन १ मा दुवै देशका प्रधानमन्त्रीबीच कुराकानी हुँदा मल पठाउन सहमति जुटेको थियो । सोहीअनुसार झण्डै आठ महिनापछि प्रक्रियाले पूर्ण रुप लिएको छ । 

शुरुमा पैँचो ल्याउने गरी छलफल भएको थियो । पैँचोको भुक्तानी कसरी गर्ने भन्ने कुरा प्रशासनिक तहमा छलफल हुँदासमस्या आउने देखिएपछि प्रक्रिया नयाँ चरणमा जानुपर्ने भएकाले केही ढिलाइ भएको उहाँले बताउनुभयो ।

बङ्गलादेशले यहाँको उत्पादन पनि उद्योग मन्त्रालयअन्तर्गतको बङ्गलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेशन (बिसिआइसी) मार्फत किन्ने गर्छ । “नेपालले पनि उही ठाउँबाट लिनुपर्ने अवस्था छ, त्यसरी लिँदा उही मल कसरी पैँचो दिने भन्ने प्रक्रियामा झन्झटिलो देखिएपछि त्यो मल बराबरको सामान दिनुभन्दा त्यही बराबरको पैसा दिँदा राम्रो हुने सुझाव छलफलमा आयो”, राजदूत डा मिश्रले थप्नुभयो, “सोहीअनुसार फेरि अर्को चरणमा छलफल अघि बढ्दा मल ढुवानी केही ढिला हुन गएको हो ।” सबैभन्दा राम्रो कुरा भुक्तानी उपयुक्त हुने बङ्गलादेश सरकारको सुझाव आएपछि अर्कौ चरणको प्रक्रिय थाल्नुपरेको थियो । 

पहिले सापटी दिने कुरा हुँदा ठिकै थियो । किन्नका लागि फेरि मन्त्रिपरिषद्को अर्को निर्णय हुनुपर्ने हुँदा ढिलाइ भएको हो । प्रतितपत्र खोलेर  सरकारले ल्याउन सक्ने भन्ने कुरा भएपछि त्यही किसिमले गत कात्तिक २४ गते मन्त्रिपरिषद्ले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई मल ल्याउन स्वीकृति दिने निर्णय गरेको थियो । त्यही निर्णयअनुसार हालै कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारीसहितको टोली बङ्गलादेश आएर यहाँको विसिआइसीका हालका कार्यवाहक अध्यक्ष महम्मद एमिन उल अहसन नेतृत्वको टोलीसँग यही डिसेम्बर १७ (पुस २)गते सरकार¬सरकार बीच (जिटुजी) मार्फत मल ल्याउने गरी सम्झौता भएको थियो । 

सम्झौता हुँदा बङ्गलादेशका उद्योग सचिव के आजाम र बङ्गलादेशस्थित नेपाली राजदूत डा मिश्रको उपस्थिति रहेको थियो । उक्त सहमति गत बुधबारको मन्त्रिपरिषद्लेसमेत अनुमोदन गरिसकेको छ ।

छलफल चल्दै गर्दा जुन १ लगत्तै  सरकारले मल ढुवानीका लागि ठेक्का सम्झौता गरिसकेको थियो । दूतावासले आवश्यक व्यवस्थापकीय, समन्वय र कागजपत्र आदानप्रदान गर्ने काम गरेको थियो । यहाँ मल उत्पादन गर्ने कम्पनी कर्णफूली फर्टिलाइजर कम्पनी (काफ्को) रहेको छ । यो बङ्गलादेशको सरकारको ४४ र  जापानको १० प्रतिशतलगायत विभिन्न देशको शेयर रहेको कम्पनी अर्धसरकारी हो । यसले विश्वकै उच्च गुणस्तरको मल उत्पादन गर्दै  आएको छ ।

जेन्ट्रेडसँग ढुवानी सम्झौता : नेपालले संयुक्त अरब इमिरेट (युएई) को जेन्ट्रेडसँग ढुवानीको सम्झौता गरिसकेको छ । त्यसले प्रति मेट्रिक टन ८२ डलरमा ढुवानी गर्ने सहमति गरेको छ ।

यसले भैरहवा, वीरगञ्ज, विराटनगरलगायत क्षेत्रमा ढुवानी गर्नेगरी सहमति गरेको उहाँ बताउनुहुन्छ । “एउटै माध्यममा ढुवानी गर भनेको छैन, विभिन्न माध्यामको प्रयोग गर्न छुट छ”, उहाँले भन्नुभयो, “कर्णफूलीबाट ठूलो जहाजमा लैजान्छ, त्यसपछि सानो जहाजमा नुवापारामा पु¥याउँछ, अनि रेलमार्फत भारतबाट वीरगञ्ज र विराटनगरमा पु¥याउँछ, भैरहवाका लागि सुनौलीसम्म रेल र त्यसपछि ट्रकमा लैजाने गरी सबै ढुवानीमाध्यम खुला गरिएको छ ।” 

सहजरुपमा ढुवानी होस् भन्ने उद्देश्यले सबै सम्झौता हुँदा ठेकेदारलाई सहभागी गराइएकाले ढुवानीमा समस्या नहुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक जहाजमा मल राखेको दुई महिनाभित्रमा ढुवानी गरिसक्नुपर्नेछ । एलसी (लेट अफ क्रेडिट) खोलेको १० दिनभित्र ढुवानी शुरु गर्नुपर्ने हुन्छ । सामानका रुपमा बैंकले पैसा पठाउने प्रक्रिया एसली हो । नेपाल सरकारले आइतबार एसलीका लागि प्रक्रिया शुरु गरेकाले यही हप्तामा एलसी खुल्ने उहाँले बताउनुभयो । त्यसपछि ढुवानी शुरु हुनेछ ।

विद्युत् किन्ने प्रक्रियामा कोभिड असर : नेपालसँग बङ्गलादेश  बिजुली किन्न विगतदेखि नै इच्छुक रहेको छ । यहाँका उद्योगपति, पूँजी लगानी गर्न तयारीमा रहेका छन् । कोरोनाका कारण अलि प्रक्रिया पूरा हुन बाँकी रहेको राजदूत डा मिश्रले जानकारी दिनुभयो । 

कुन बिजुली दिने भनेर तोकिएको पनि छैन । निकट भविष्यमा यससम्बन्धी नेपालमा पनि गृहकार्य हुनुपर्नै देखिएको छ । निजी क्षेत्रसँग पनि भेटभाट गराउने प्रयास दूतावासले गरिरहेको उहाँले बताउनुभयो । 

कोरोनाले छलफल अवरुद्ध भएकामा अहिले पुनःचलायमान हुने प्रक्रिय शुरु भएको उहाँले जानकारी दिनुभयो । मुख्यगरी नेपालले सम्पर्क सञ्जाललाई जोड दिँदै आएको उहाँले जानकारी दिनुभयो । हवाई मार्ग हृयदपुरदेखि विराटनगर जोड्ने कुरा अन्तिम चरणमा पुगेको छ । नेपालकोतर्फबाट हुने प्रस्तावको प्रतीक्षामा बङ्गलादेश रहेको छ । अर्को भनेको रोडको प्यासेञ्जर भेइकल एग्रिमेन्ट र काग्र्रो भेइकल एग्रिमेन्ट गर्ने तयारी हुँदैछ । त्यस्तै रेललाई जोड्न कुरा छ । मङ्गला बन्दरगाहालाई प्रयोग गर्ने कुरा चलिरहेको छ । 

यस्तै जल यातायातअन्तर्गत कोशीबाट गङ्गा हुँदै बङ्गलादेशको पदमा नदीमा जोड्ने कुरा पनि भइरहेको छ । यसमा पनि समृद्धपूर्ण व्यापारको प्रस्तावमासमेत गृहकार्य भइरहेको छ । यस्तै पर्यटन क्षेत्रमा सम्झौता हुने क्रममा छ । यसमा  सरकारबाट प्रस्ताव आइसकेको छ । अब त्यसलाई नेपालका प्याकेज र बङ्गलादेशका टुर प्याकेजका कार्यक्रम अघि बढाउनुपर्नेछ ।