९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैङ्कर्स भण्डारीको ‘आफैँलाई नियाल्दा’ कृति विमोचन



अ+ अ-

काठमाडाैँ: बैँकर्स राजनसिंह भण्डारीको सपना, सङ्घर्ष र समृद्धिको स्वाभिमानी आत्मकथा ‘आफैँलाई नियाल्दा’ कृति विमोचन गरिएको छ ।

पूर्वमन्त्री शरदसिंह भण्डारी, प्राडा एवं सांसद चन्दा कार्की, नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा तिलक रावल, वरिष्ठ चिकित्सक लोकविक्रम थापा, वरिष्ठ पत्रकार प्रकाश रिमाल र पूर्वबैंकर्स खेमबहादुर भण्डारीलगायतले संयुक्तरूपमा उक्त कृति विमोचन गर्नुभएको हो ।

मिनेट मिडिया प्रालि प्रकाशक रहेको त्यस कृतिमा पुर्खा र परिवारिक पृष्ठभूमि, बाल्यकाल र प्रारम्भिक शिक्षा, त्यो मधेस, त्यो औरही, मेरा सोख र स्वभाव, राष्ट्र बैंकमा २६ वर्ष, बैंकर्स सङ्घको अध्यक्ष, गीतको दुनियाँमा मौसुफ भण्डारी र पारिवारिक कलहलगायत शीर्षकमा भण्डारीका स्वाभिमानी आत्मकथा समेटिएको छ ।

तेह्र परिच्छेद रहेका पुस्तकमा चालिसभन्दा बढी उहाँ र भण्डारी परिवारसँग जोडिएका तस्बिरसमेत समेटिएको छ । सो अवसरमा पूर्वमन्त्री भण्डारीले हक्की स्वभावका लेखकले आफूले–आफैँलाई एउटा सफल व्यक्तित्व बनाएको जीवनसम्बन्धी आत्मकथा कृतिमा समेटिएको बताउनुभयो ।

जीवनको यात्रालाई अघि बढाउने सिलसिलामा परिवारिक सहयोग, शक्ति र समर्थन आवश्यक पर्ने बताउँदै उहाँले पुस्तक प्रकाशित नगर्ने प्रत्येक व्यक्तिका पनि आ–आफ्नै खाले आत्मकथा हुने उल्लेख गर्नुभयो ।

सांसद कार्कीले असल प्रशासक, व्यवसासायी, बैंकर्स र गायक भण्डारीको कृतिमा स्वाभिमानी गुण र अद्भूत आत्मप्रेमका विषयवस्तु समेटिएको बताउनुभयो । पूर्वगभर्नर डा रावलले राष्ट्र बैंकको नेतृत्वमा रहँदा लेखकलाई आफूले व्यावसायिकता मिसिएको एउटा हक्की र दूरदर्शी व्यक्तित्वको रूपमा पाएको घटना सुनाउनुभयो ।

त्यस अवसरमा डा लोकविक्रम थापा र पूर्वबैंकर्स खेमबहादुर रायमाझीले युवापुस्ताका लागि प्रेरणा प्रदान गर्ने सरल भाषामा लेखिएको कृतिभित्र विधि स्थापित गर्न र कानुन पालनामा लेखक कति कठोर भए भन्ने नालीबेली समेटिएको बताउनुभयो ।

शिवचन्द्र स्मृति प्रतिष्ठान आयोजक रहेको उक्त कार्यक्रममा प्रकाशक रिमालले पुस्तकमा लेखकका सवल पक्षमात्र होइन, कमी–कमजोरी पनि खुलेरै प्रस्तुत गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “समान्यतः परिवारिक कलह आत्मकथामा पढ्न नपाइने अध्याय हो, जुन यहाँ छ ।”रासस