• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए… ★   यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु ★   महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने ★   जोशीलाई ‘कौसी क्वीन’ उपाधि ★   रामबहादुर बम्जनलाई १० वर्ष कैद सजाय ★   पूर्वसभापति कोइरालाको शताब्दी जन्मजयन्तीमा कांग्रेसले तस्बिर प्रदर्शनी र विमर्शसभा गर्ने ★   सत्तामा संकटः प्रचण्डको प्रस्तावमा ओलीको मौनता ★   ओलीले पार्टीका मन्त्रीहरुलाई बालकोट बोलाए ★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली

बेल्जियमसँग बराबरी खेलेपनि युक्रेन युरो कपबाट बाहिरियो, बेल्जियम र स्लोभाकिया नकआउटमा



काठमाडौँ । बेल्जियम युरो कप २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रनसँग गोलरहित बराबरी खेलेको बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो । बेल्जियमले नकआउटमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो नतिजासँगै युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ । यस्तै गएराति नै भएको यसै समूहको अर्को खेलमा स्लोभाकिया र रोमानियाले १–१ गोलको बराबरी खेलेका छन् ।

बराबरीसँगै रोमानिया र स्लोभाकिया दुबै नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा रोमानियाले नेदरल्यान्ड्ससँग र स्लोभाकियाले इंग्ल्याण्डसँग भिड्नेछन् ।

रोचक कुरा यो समूह ई का चारवटै टोलिले तीन खेलमा १ जित र २ बराबरीसँगै ४–४ अंक जोडे ।