८ श्रावण २०८३, शुक्रबार
,
Latest
रास्वपाका सांसदहरूको स्वकीय सचिव नियुक्तिका लागि मापदण्ड सुनचाँदीको मूल्य घट्यो विद्युत् मर्मतका क्रममा करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु आणविक पनडुब्बीमा अस्ट्रेलियाको थप लगानी स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी निर्यात प्रवर्द्धनका चुनौतीबारे प्रधानमन्त्री शाहले उद्योगीसँग छलफल गर्ने एचसीसीएनको डीनमा सुरज वैद्य निर्वाचितः आर्थिक कुटनीति र लगानी प्रवर्द्धनलाई प्राथमिकता दिने घोषणा आर्थिक कुटनीति र वैदेशिक लगानी अभिवृद्धिमा सक्रिय हुन अवैतनिक वाणिज्यदुतहरूलाई परराष्ट्रमन्त्रीको आग्रह प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्नुहुँदै लाल सागरमा साउदी अरबका दुई तेल ट्याङ्करमाथि आक्रमण गरेको हुथी समूहको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बेल्जियमसँग बराबरी खेलेपनि युक्रेन युरो कपबाट बाहिरियो, बेल्जियम र स्लोभाकिया नकआउटमा



अ+ अ-

काठमाडौँ । बेल्जियम युरो कप २०२४ को नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा युक्रनसँग गोलरहित बराबरी खेलेको बेल्जियम अन्तिम १६ मा प्रवेश गरेको हो । बेल्जियमले नकआउटमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो नतिजासँगै युक्रेन भने समूह चरणबाटै बाहिरिएको छ । यस्तै गएराति नै भएको यसै समूहको अर्को खेलमा स्लोभाकिया र रोमानियाले १–१ गोलको बराबरी खेलेका छन् ।

बराबरीसँगै रोमानिया र स्लोभाकिया दुबै नकआउट चरणमा प्रवेश गरेका छन् । नकआउट चरणमा रोमानियाले नेदरल्यान्ड्ससँग र स्लोभाकियाले इंग्ल्याण्डसँग भिड्नेछन् ।

रोचक कुरा यो समूह ई का चारवटै टोलिले तीन खेलमा १ जित र २ बराबरीसँगै ४–४ अंक जोडे ।