३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोनाको खोपः “स्पुट्नीक भी” प्रयोग गर्ने दोस्रो देश बन्यो बेलारुस



अ+ अ-

मस्को । रसियामा निर्मित कोरोना भाइरस विरुद्धको खोप स्पुटनीक भी प्रयोग गर्ने देशमा बेलारुस दोस्रो बनेको छ । 

यसअघि रुसले यसको प्रयोग गरेको थियो । यो खोपको विकास पनि रुसमा नै एक सरकारी निकायले गरेको थियो । 

स्पुटनीक भी खोप उत्पादन गर्ने निकायको आधिकारिक सामाजिक सञ्जालमा लेखिएको छ, “यो खोप प्रयोग गर्ने देशहरुको सूचीमा बेलारुस दोस्रो भएको छ, बेलारुसमा आम नागरिकलाई पनि यो खोप लगाउन थालिएको छ ।”    

सो निकायले आफ्नो खोप विश्वसनीय र प्रभावकारी भएको, तर शरीरमा कुनै प्रतिकूल प्रभाव नपर्ने दाबी पनि गरेको छ । 

स्पुटनीक भी खोप लगाएकाहरुलाई लाभ नै भएको र धेरैले राहत महसुस गरेको सो निकायले सामाजिक सञ्जालमा लेखेको छ । 

रुसका स्वास्थ्य मन्त्री दिमित्री पिनेभिचले कोरोनाविरुद्धको खोप प्रयोग गर्ने अवसरलाई बेलारुसले राम्रोसँग प्रयोग गरेको बताउनुभयो ।

बेलारुसमा सोमबार एक दिन मात्रै एक हजार ८१४ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् भने अहिलेसम्म एक लाख ८८ हजार ५८८ जना सङ्क्रमित भएका छन् ।