२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘इट्स माइ शो’को विषयबारे अनमोलले के भने ?



अ+ अ-

काठमाडौँ । एक टेलिभिजन कार्यक्रमको पछिल्लो एपिसोडमा उठाइएको विषयप्रति अभिनेता अनमोल केसीले आपत्ति जनाएका छन् ।

कान्तिपुर टेलिभिजनको ‘इट्स माई शो’मा कार्यक्रमकी सञ्चालिकाले सोधेको प्रश्न र अतिथि अभिनेत्रीहरु स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको जवाफलाई लिएर अहिले सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ ।

टिभी कार्यक्रममा आफ्नो व्यक्तिगत विषय उठाइएको भन्दै अभिनेत्री जसिता गुरुङले आपत्ति जनाइसकेकी छन् ।

अनमोलले उक्त कार्यक्रममा उठाइएको विषयप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि उनीहरु तपाईंलाई सम्मान गर्छन् भने सम्मान दिनुस् । यदि उनीहरुले अनादर गर्छन् भने पनि अझै सम्मान नै दिनुस् । किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरुलाई होइन । सबैलाई सम्मान गर्नुहोस् ।’

यो पनिःटेलिभिजन शोमा गरेको टिप्पणीलाई लिएर स्वस्तिमा र साम्राज्ञीले मागे जसितासँग माफी