२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

म संसारकै भाग्यमानी छु झै लाग्छ – समिक्षा अधिकारी



अ+ अ-

काठमाडौँ । गायिका समिक्षा अधिकारीले आफूलाई संसारकै भाग्यमानी रहेको ठान्ने गरेको बताएकी छन् ।

आफूलाई ठेस लागेर लड्दा उठ्न धेरैले हात दिएको र साथ दिएको जनाउँदै युवा पुस्ताकी चर्चित गायिका अधिकारीले आफूलाई संसारकै भाग्यमानी रहेको झै लाग्ने प्रतिक्रिया दिएकी हुन् ।

‘सबैलाई एकदिन मर्नु नै पर्छ । बाँचुन्जेली रिस राग र डाहा मनमा पालेर के नै हुन्छ र ? म त झन उठ्नै लाग्दा बेस्सरी ठेश लागेर लडेकी चेली पो हुँ त । मलाई उठ्न धेरैले हात दिनुभएको छ । साथ दिनुभएको छ । यसै कारण म संसारकै भाग्यमानी छु झै लाग्छ ।’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

‘असफल हुँदा खुसी हुनेहरु धेरै भेटिन्छन् । थोरै पनि सफलता मिल्दा खुट्टा तान्नेहरु झनै कत्ति कत्ति । म चाहान्छु, सबै कलाकारहरुलाई सफलता मिलोस्, उहाँहरुको गीत चलोस्, फिल्म चलोस् । रुँदै हिड्न नपरोस् ।’ उनले अगाडि लेखेकी छन् ।