२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह ८ को अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियामा टस हारेर ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन जोड्यो ।

उसका लागि कप्तान रोहित शर्माले ४१ बलमा ९२ रनको विष्फोटक पारी खेले । उनले ७ चौका र ८ छक्का प्रहार गरे । यस्तै, सुर्यकुमार यादवले ३१, शिबम लुवेले २८, हार्दिक पाण्ड्याले अविजित २७, ऋषभ पन्तले १५ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिस र मिचेल स्टार्कले २–२ विकेट लिए भने जोस हेजलवुडले १ विकेट लिए ।

सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई यो खेल जित्नैपर्ने दबाब छ ।