५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत र अष्ट्रेलियाः कोहली भर्सेस जाम्पा, स्टार्क र रोहित आमनेसामने, वार्नरको अगाडि बुमराह बाधा



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकपमा सुपर–८ अन्तर्गत सोमबार भारत र अष्ट्रेलियाबीच रोमाञ्चक खेल हुँदैछ । ग्रोस आइलेटस्थित ड्यारेन सामी राष्ट्रिय क्रिकेट स्टेडियममा दुई टोलीबीच कडा प्रतिस्पर्धा हुनेछ ।

भारतले सुपर ८ का यसअघिका खेलमा अफगानिस्तान र बंगलादेशलाई पराजित गरेको थियो । यो खेलमा जितसँगै भारत समूह १ को अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुग्ने छ ।

अर्कोतर्फ अष्ट्रेलियालाई यो खेल जित्नैपर्ने दबाब छ । आइतबार अफगानिस्तानसँग हार बेहोरेसँगै अष्ट्रेलियाको सेमिफाइनल यात्रा कठिन बनेको हो ।

कोहली र जाम्पाबीच भिडन्त


भारत र अष्ट्रेलियाबीच हुने यस खेलमा सबैको नजर दुवै टोलीको विस्फोटक ब्याटिङ लाइनअपमा हुनेछ । जहाँ विराट कोहलीले एडम जाम्पाको सामना गर्नेछन् । मध्य ओभरमा अस्ट्रेलियाका बलर भारतका लागि समस्या बन्न सक्छन् । जाम्पाले ८४ इनिङ्समा ७.२ को इकोनोमी रेटमा १०३ विकेट लिएका छन् । यस्तै, टी–२० विश्वकपमा उनले १९ इनिङ्समा ३४ विकेट लिएका छन् ।

तर, कोहली पनि पछि छैनन् । उनले टी–२० विश्वकपको २९ इनिङ्समा १२९.७ को स्ट्राइक रेटमा ११७० रन बनाएका छन् । जसमध्ये उनको नाममा १४ अर्धशतक छ । बंगलादेशविरुद्धको अन्तिम खेलमा उनले २८ बलमा एक चौका र तीन छक्का प्रहार गर्दै ३७ रनको बलियो इनिङ खेले ।

भारतलाई राम्रो सुरुवात दिलाउन स्टार ब्याट्सम्यानले महत्वपूर्ण भूमिका खेलेका थिए । कोहली र जाम्पाले टी–२० अन्तर्राष्ट्रिय खेलका १२ इनिङ्स खेलेका छन् । जसमा उनले ७४ रन बनाएका छन् । योसँगै लेग स्पिनरले उनलाई तीन पटक आफ्नो शिकार बनाएका छन् ।

रोहितको सामना स्टार्कसँग


कोहलीलाई रोहित शर्माले साथ दिनेछन् जसले अस्ट्रेलियाका लिजेण्ड मिचेल स्टार्कको सामना गर्नेछन् । घातक बलरले खेलको सुरुदेखि नै भारतलाई दबाब दिने प्रयास गर्नेछन् । तर, रोहितको फर्ममा हुनु राम्रो संकेत हो । शनिबार भएको खेलमा रोहितले ११ बलमा २३ रनको महत्वपूर्ण इनिङ खेलेका थिए । यस क्रममा उनले २०९.०९ को स्ट्राइक रेटमा तीन चौका र एक छक्का प्रहार गरे। क्रिकेटको यो ढाँचामा दुवै खेलाडी पाँच पारीमा आमनेसामने भएका छन् ।

रोहितले १६ बलमा २३ रन बनाएका छन् । योसँगै स्टार्कले उनलाई एक खेलमा आउट गरेका छन् । रोहित बायाँ हाते फास्ट बलरहरु विरुद्ध संघर्ष गरिरहेको देखिन्छ । हालै अफगानिस्तानविरुद्धको खेलमा फजलहक फारुकीबाट उनी आउट भएका थिए । सन् २०२४ मा उनी आठ पटक बायाँ हाते बलरको सिकार बनेका छन् । उनले १९ इनिङ्समा १२८ रन बनाएका छन् ।

बुमराह र वार्नरबीच भिडन्त


भारतको तीव्र बलिङ आक्रमण अहिलेसम्म कुनै पनि टोलीविरुद्ध प्रभाव पार्न सफल भएको छ । अनुभवी बलर जसप्रित बुमराहले हालको प्रतियोगिताको पाँच इनिङ्समा १० विकेट लिएका छन् । अहिलेसम्म उनी पावरप्लेमा भारतलाई सफलता दिलाउन सफल भएका छन् ।

यस्तो अवस्थामा डेभिड वार्नर र बुमराहबीच भिडन्त हुनसक्छ । क्रिकेटको यो फर्म्याटमा दुवै ११ इनिङ्समा आमनेसामने भएका छन् । जसमा बुमराहले वार्नरलाई दुई पटक आउट गरेका छन् ।

दुवै टोलीका सम्भावित–११
भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, अर्शदीप सिंह, कुलदीप यादव, जसप्रित बुमराह ।

अष्ट्रेलियाः डेभिड वार्नर, ट्राभिस हेड, मिचेल मार्श (कप्तान), ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, टिम डेभिड, म्याथ्यू वेड (विकेटकिपर), प्याट कमिन्स, मिचेल स्टार्क, एडम जाम्पा, जोश हेजलवुड ।