• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने अख्तियारको निर्णय



काठमाडौँ । टेरामक्स खरिद प्रकरणमा अख्तियारले मुख्यसचिव डा. वैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स र र सुरक्षण मुद्रण केन्द्रबाट अन्त:शुल्कको स्टिकर खरिदमा अर्यालको संलग्नता देखिएपछि उनीविरुद्ध मुद्दा दायर गर्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक जना उच्च अधिकृतले बताए ।

प्राधिकरणले ‘कल बाइपास’ रोक्न र राजस्व चुहावट नियन्त्रण गर्न टेरामक्स खरिद गर्दा डेढ अर्ब अनियमितता भएको भन्दै उजुरी परेको थियो । सञ्चार सचिव हुँदा यस प्रकरणमा अर्याल पनि मुछिएको बताईएको छ ।

यस प्रकरणमा तत्कालीन पूर्वसञ्चार मन्त्रीहरू मोहनबहादुर बस्नेत र ज्ञानेन्द्रबहादुर कार्की पनि संलग्न रहेको आरोप छ ।