६ श्रावण २०८३, बुधबार
,
Latest
भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि मन्त्रिपरिषद्को बैठक आज दिउँसो ३ बजे बस्दै एमालेका ६ मन्त्रीद्वारा बागमती प्रदेश सरकारबाट सामूहिक राजीनामा वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम आन्तरिक राजस्व कार्यालय भरतपुरद्वारा २७ अर्ब राजस्व सङ्कलन अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमिन्सको लगातार ह्याट्रिक, अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत सुपर ८ को खेलमा अफगानिस्तानले अष्ट्रेलियालाई १४९ रनको लक्ष्य दिएको छ ।

सेन्ट भिन्सेन्टको आर्नोस भेल स्टेडियममा टस हारेर ब्याटिङ थालेको अफगानिस्तानले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन जोड्यो । उसका लागि ओपनरद्वय रहमानुल्लाह गुरबाजले ४९ बलमा ६० तथा इब्राहिम जाद्रानले ४८ बलमा ५१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै, करिम जनतले १३ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका लागि प्याट कमिन्सले ह्याट्रिकसहित ३ विकेट लिए । उनले १९ औं ओभरमा ह्याट्रिक लिएका हुन् । उनको यो लगातार दोस्रो ह्याट्रिक हो । यसअघि बंगलादेशसँगको खेलमा पनि कमिन्सले ह्याट्रिक लिएका थिए ।

यस्तै, आडम जाम्पाले २ तथा मार्कुस स्टोइनिसले १ विकेट लिए ।