२२ भाद्र २०८३, सोमबार
,
Latest
पीडितले सरकारको अभाव महसुस गर्न नपरोस्ः सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने हेलिकप्टरले लैजानुपर्ने ठाउँबाहेक अन्य स्थानमा राहत पुगिसक्यो, उद्धार कार्य जारीः कार्यकारी प्रमुख डा.उप्रेती बाढी विस्थापित नागरिकलाई सेल्टरमा राख्न र खाद्यान्न तथा बसोवास व्यवस्थापनको जिम्मेवारी वागमती प्रदेश सरकारले लिने झापाबाट २२ हात्ती भारत तर्फ जलविद्युतका सुरुङमा उद्धार जारी, ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बाढीपहिरो विपद् व्यवस्थापनमा अग्रपंक्तिमा नेपाल स्काउट, उद्धारदेखि पुनःस्थापनासम्म सक्रिय बाढी प्रभावितको उपचारका लागि १७९ पिन्ट रगत सङ्कलन ग्यासको लाममा वन्धक बाल्यकालः पाँच कक्षामा पढ्ने मनिष भन्छन्–‘नेता फेरिए, हाम्रो पालो फेरिएन’ विपद्को सामना गर्न राजनीतिक मतभेद त्यागेर एकजुट हुन निधीको आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

वीपी स्मृति दिवसमा काँग्रेसद्वारा ‘ग्रीन रन’ आयोजना, मुकेश पाल प्रथम



अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका संस्थापक नेता एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोईरालाको स्मृति दिवसका अवसरमा नेपाली काँग्रेसले ‘ग्रीन रन’ प्रतियोगिता आयोजना गरेको छ ।

ललितपुरको युएन पार्कबाट शुरु भएको ५ किलोमिटर दूरीको उक्त दौडमा पुरुषतर्फ मुकेशबहादुर पाल प्रथम भएका छन् । प्रतियोगिताको निर्धारित दूरी १६ मिनेट १५ दशमलव ७ सेकेण्डमा पूरा गर्दै पालले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । विजेताहरूलाई नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पुरस्कार वितरण गर्नुभयो ।

प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार, सञ्जय श्रेष्ठ तेस्रो हुँदै २० हजार, गणेश सिंह चौथो हुँदै १२ हजार, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार र नागेश्वर अहिर छैटौँ हुँदै ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगिताका लागि करिव १ हजार ४ सय जनाले नाम दर्ता गराएका थिए । महिलातर्फको प्रतिष्पर्धामा सहभागीहरूले निर्धारित धावन मार्ग (रुट) छोडेर दौडिएका कारण उक्त विधाको प्रतियोगिता पुनः सञ्चालन गरिने जानकारी दिइएको छ ।

कार्यक्रममा सभापति थापा स्वयं प्रतियोगीका रूपमा सहभागी हुनुहुन्थ्यो भने अन्य सयौँले अप्रतियोगीका रूपमा ऐक्यवद्धता जनाएका थिए । सोही अवसरमा नेपाली काँग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापनाको घोषणा समेत गरेको छ । कोषको घोषणा गर्दै सभापति थापाले यस माध्यमबाट घरबारविहीन एकल महिला तथा बालबालिकाहरूलाई विशेष सहयोग पु¥याइने जानकारी दिनुभयो ।

हाल पार्टीका सदस्यहरूबाट संकलन गरिएको १० लाख रुपैयाँ कोषमा जम्मा भइसकेको र यसलाई क्रमशः वृद्धि गर्दै लैजाने लक्ष्य राखिएको छ । कोषको विस्तृत कार्ययोजना, सञ्चालन विधि र पार्टीका आगामी राजनीतिक अभियानका बारेमा बिहीवार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष कार्यक्रममार्फत थप जानकारी दिइने थापाले बताउनु भयो ।




भर्खरै