१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।

मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिनुभएको हो ।

अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी हुनुहुन्थ्यो ।

माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ । निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ । अनुगमनका क्रममा डुबानको प्रारम्भिक अवस्थाका विषयमा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख सुवोध देवकोटाले जानकारी दिनुभयो । प्रारम्भिक कारण यही हो । तर, कारण यति मात्र होइन । अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पु¥याएको बताउँदै यस प्रकारका अवरोध हटाउनु पर्ने बताउनुभएको छ ।

अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने बताउनुभयो ।