• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

बेल्जियमले रोमानियालाई हरायो



काठमाडौँ । युरो २०२४ अन्तर्गत बेल्जियमले रोमानियालाई पराजित गरेको छ । गएराति भएको समूह चरणको खेलमा बेल्जियमले रोमानियालाई २–० गोलले हराएको हो ।

बेल्जियमको जितमा खेलको दोस्रो मिनेटमा योरी टिलेमान्सले र ७९ औं मिनेटमा केभिन डि ब्रुएनाले गोल गरे । यो नतिजासँगै बेल्जियम अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

समूह ई मा रोमानिया शीर्षस्थानमा छ भने स्लोभाकिया तेस्रो र युक्रेन चौंथो स्थानमा रहेको छ । सबै ४ वटै टोलीको २ खेलबाट ३–३ अंक रहेको छ ।