• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo

चीनले १७ जना नेपाली विद्यार्थीको नि:शुल्क मुटु उपचार गर्ने



काठमाडौं । चीनले मुटुमा गम्भीर समस्या देखिएका १७ जना नेपाली विद्यार्थीको नि:शुल्क उपचार गरिदिने भएको छ ।

नेपालका लागि चिनियाँ राजदूत छन सोङले सामाजिक सञ्जालमा दिनुभएको जानकारी अनुसार यहाँ परीक्षण गरिएका चार हजार ६८२ जना विद्यार्थीको मुटुमध्ये १७ जनाकोमा गम्भीर समस्या भेटिएको र उनिहरुको नि:शुल्क उपचार गराउने जानकारी दिनु भएको हो । उहाँले लेख्नु भएको छ नि:शुल्क उपचार भएपछि उनीहरुले नयाँ जीवन प्राप्त गर्नेछन् ।

युन्नान प्रान्तको फुवाई युन्नान अस्पताल र चिनियाँ चिकित्सा विज्ञान प्रतिष्ठानबाट आएको वरिष्ठ मुटुरोग विशेषज्ञहरुको टोलीले गरेको परीक्षणमा ती विद्यार्थीको मुटुमा समस्या देखिएको बताइएको छ ।

राजदूतले लेख्नुभएको छ, ‘मुटुरोगसँग सबन्धित परीक्षण र उपचारमा पनि दुई मुलुकबीच थप सहयोग आदान प्रदान गर्न सकिनेमा सहमत छौं ।’