२४ मंसिर २०८२, बुधबार
,
Latest
आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु कम्बोडियासँगको सीमा विवादका कारण चार लाख थाई बासिन्दा विस्थापित: थाई रक्षा मन्त्रालय ‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्‍यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य विद्युत प्राधिकरणमा हितेन्द्रको पुनर्वहाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जना पक्राउ



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

आईतवार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौंले पत्रकार सम्मेलन गर्दै वचतकर्ताहरुको वचत ठगी गरेको आरोपमा लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले ललितपुरमा लालीगुराँस सहकारी संस्था खोली सर्वसाधरणलाई आकर्षक ब्याज दिने आशा देखाई वचतकर्ताको निक्षेप अपचलन गरी ठगी गरेको आरोपमा संस्थाका अध्यक्षसहित अन्य चार जनालाई काठमाडौंबाट पक्राउ गरिएको बताउनु भयो ।

उहाँले पक्राउ पर्नेहरुमा लाली गुराँस सहकारीका अध्यक्ष अमरदास श्रेष्ठ,सहकारीका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी,सहकारीका कोषाध्यक्ष अमृतकुमार अर्याल र सहकारीका सञ्चालक सदस्य कदमबाबा जोशी प्रधानलाई पक्राउ गरिएको बताउनु भयो । प्रमुख भट्टराईले लालीगुराँस सहकारी संस्थाका सञ्चालक र लेखासमिति बिरुद्ध ३ करोड रकम ठगी गरेको जाहेरी परेको बताउनु भयो ।

उहाँले लालीगुराँस सहकारी संस्थाका अध्यक्षसहित पदाधिकारीमा माथि गत चैत ९ गते जिल्ला पहरी परिसरमा ठगी सम्बन्धी कसुरमा मुर्दा भएको बताउनु भयो ।