३१ जेष्ठ २०८३, आईतवार
,
Latest
युवा विदेश जान अब बाध्य हुँदैनन्ः अर्थमन्त्री वाग्ले सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या बढ्यो



अ+ अ-

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा बुधबार एकै दिन तीन हजार ९०० भन्दा बढी व्यक्तिहरुको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । 

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार पछिल्ला दिनहरुमा एकै दिन यतिठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । 

विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा विगत २४ घण्टाको अवधिमा तीन हजार ९२७ जनाको ज्यान गएको विश्वविद्यालयले जनाएको छ । यस्तै एकै दिन एक लाख ८९ हजार ६७१ जना नयाँ संक्रमित थपिएका छन् । 

यो सहित अमेरिकामा कूल संक्रमितको संख्या २ करोड नाघेको छ भने तीन लाख ५० हजार ७७८ जनाको मृत्यु भएको छ । 

अमेरिकाका एक जना अग्रणी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले महामारीको असर हिउँदका दिनहरुमा अझ बढ्न सक्ने चेतावनी दिनु भएको छ । उहाँले बिदाका दिनहरुमा हुने जमघटले समेत कोरोना संक्रमण फैल्याउन थप भूमिका खेल्ने बताउनुभयो ।

अमेरिकामा यतिबेला खोप लगाउने अभियान जारी छ र करिब २८ लाख व्यक्तिले खोप लगाइसकेका छन् । यसै डिसेम्बर महिनाको अन्त्यसम्ममा २ करोड व्यक्तिलाई खोप दिने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना असफल भइसकेको छ । 

यसैबीच, विश्वभर कोरोनाभाइरसबाट संक्रमितको संख्या ८ करोड ३२ लाख पुगिसकेको छ भने मृत्यु हुने व्यक्तिको संख्या १८ लाख १३ हजार नाघेको छ । 

भारतमा कूल संक्रमितको संख्या एक करोड नाघेको छ भने मृत्यु भएकाको संख्या एक लाख ४८ हजार पुगेको छ । तेस्रो बढी संक्रमण फैलिएको ब्राजिलमा एक लाख ९३ हजारभन्दा बढी व्यक्तिको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । 




भर्खरै