• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ: घनश्याम भुसाल ★   नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा करिब साढे छ अर्बको कारोबार ★   डाक्टर र नर्सले पाएको लाइसेन्सलाई कमजोर ठान्नु हुँदैन: मन्त्री यादव ★   दीर्घकालीन असर पर्ने गरि काम नगर्न प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण ★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीसँग प्रधानमन्त्री मोदीको भेट ★   सहकारीसम्बन्धी संसदीय समितिको बैठक: शुक्रबार गृहसचिव र प्रहरी महानिरीक्षकसंग छलफल गर्ने ★   राष्ट्रिय खेलकुद नीति पुनरावलोकनको काम भइरहेको छ: मन्त्री श्रेष्ठ ★   बेनी–जोमसोम सडकखण्डमा राति यात्रा नगर्न अपिल ★   एमालेका मन्त्रीहरुको राजीनामा स्वीकृत: सबै मन्त्रालय कार्यभार प्रधानमन्त्री प्रचण्डलाई ★   मनसुन भित्रिएको २५ दिनमा नेपालमा ४५ जनाको मृत्यु, ८ करोड बढीको क्षति

युक्रेनले स्लोभाकियालाई हरायो



काठमाडौँ । युरो २०२४ अन्तर्गत युक्रेनले स्लोभाकियालाई पराजित गरेको छ । शुक्रबार समूह चरणको खेलमा युक्रनेले स्लोभाकियालाई २–१ गोलले हराएको हो ।

खेलको १७ औं मिनेटमा इभान सारान्जले गोल गर्दै स्लोभाकियालाई सुरुवमती अग्रता दिलाएका थिए । तर, ५४ औं मिनेटमा मिकोला सापारेन्कोले तथा ८० औं मिनेटमा रोमान यारेमचुकले गोल गर्दै युक्रेनलाई जित दिलाए ।

योसँगै समूह इ मा युक्रेन २ खेलबाट १ जितका साथ ३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने समान खेलबाट समान अंकसहित स्लोभाकिया तेस्रो स्थानमा छ ।