९ भाद्र २०८३, मंगलवार
,
Latest
मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै तीन हजारले लिए छुट सुविधा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट शक्तिहरू सत्ता र सरकार सञ्चालनमा मात्रै केन्द्रित हुँदा विरोधी शक्तिहरूले नेपालमा कम्युनिस्टलाई कमजोर पार्ने दीर्घकालीन रणनीति बनाउन सफल भएको बताएका छन् ।

शुक्रबार पुष्पलाल मित्रता केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले कम्युनिस्ट आन्दोलनले वैचारिक प्रशिक्षण र निरन्तर स्कुलिङलाई प्राथमिकता नदिँदा अहिलेको अवस्था सिर्जना भएको धारणा राखे ।

उनका अनुसार नेपालका कम्युनिस्ट शक्तिहरू शान्ति सम्झौतापछि सरकार गठन, मन्त्री बन्ने तथा स्थानीय, प्रदेश र संघीय तहमा निर्वाचित हुने विषयलाई नै प्रमुख राजनीतिक उपलब्धिका रूपमा लिन थाले । त्यसक्रममा वैचारिक र रणनीतिक पक्ष ओझेलमा पर्दा कम्युनिस्ट विरोधी शक्तिहरूले त्यसको फाइदा उठाएको उनको भनाइ थियो ।

‘हामी रणनीतिलाई भुल्यौँ, छाड्यौँ या अवमूल्यन गर्‍यौँ । विचार र निरन्तर स्कुलिङको आवश्यकतालाई पनि बिर्सियौँ,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री र मन्त्री बन्ने, पालिका तथा प्रदेशमा निर्वाचित हुने कुरालाई नै रणनीति जस्तो बनाइयो । कम्युनिस्टको गल्ती त्यहीँनेर भयो ।’

प्रचण्डले नेपालमा कम्युनिस्ट शक्तिको प्रभाव बढ्दै गएपछि त्यसलाई कमजोर बनाउने उद्देश्यले विरोधीहरूले २० वर्षे योजना बनाएको दाबीसमेत गरे । आफूहरूले विरोधी शक्तिको रणनीतिबारे सामान्य जानकारी पाए पनि नेपाललाई एकैपटक ठूलो क्षति पुर्‍याउने तहसम्मको योजना बनेको अनुमान गर्न नसकेको उनले बताए ।

‘हाम्रा वैरीहरू, नेपाल राष्ट्र र नेपाली जनताका वैरीहरू भने रणनीतितिर लागेछन् । नेपालमा कम्युनिस्ट बढी भए, यिनलाई ठीक पार्नुपर्छ भनेर २० वर्षे योजना बनाएछन्,’ उनले भने ।

उनले कम्युनिस्ट आन्दोलनलाई पुनः वैचारिक रूपमा सुदृढ गर्दै दीर्घकालीन रणनीतिसहित अघि बढ्नुपर्ने आवश्यकता औँल्याए ।