८ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकारका गतिविधिका कारण न्यायिक स्वतन्त्रता जोखिममा रहेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाको दाबी प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि रामारोशन गाउँपालिकाका निमित्त प्रमुखको आर्थिक तथा प्रशासनिक अधिकार मन्त्रालयद्वारा रद्द आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र कम्युनिस्टहरू सत्ता केन्द्रित हुँदा वैरीले दीर्घकालीन रणनीति बनाए : प्रचण्ड प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री बाग्मती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने दक्षिण–पूर्व एशियाका स्क्यामिङ सेन्टरबाट ८ सय ६० नेपालीको उद्धार, ४९ जना अझै कम्बोडियाको जेलमा ‘ट्राफिक व्यवस्थापनमा मेट्रो ट्राफिक एफएमको भूमिका प्रशंसनीय’ ट्राफिक एफएम १५ औँ वर्षमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डको आह्वान– प्रतिक्रान्तिको प्रतिवाद गर्न वामपन्थीले साझा कार्यक्रम बनाउनुपर्छ



अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिक्रान्तिको खतरा अझै टरिनसकेको भन्दै त्यसको प्रतिवाद गर्न वामपन्थी शक्तिहरूबीच साझा न्यूनतम कार्यक्रम आवश्यक रहेको बताएका छन् ।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीमा बोल्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने बताए ।

उनले साझा कार्यक्रम बनाएर आन्दोलन अघि बढाउन सके ठूलो जनसमर्थन जुटाउन सकिने दाबी गरे । उनका अनुसार काठमाडौँमा पाँचदेखि सात लाख र देशभरका जिल्लामा एकदेखि डेढ लाख मानिस परिचालन गर्न सके एकै दिनमा आन्दोलन सफल पार्न सकिन्छ ।

प्रचण्डले विगतकै शैलीमा फेरि सरकार गठनको खेलमा लागे वामपन्थी शक्तिहरूलाई ठूलो क्षति पुग्न सक्ने चेतावनीसमेत दिए । ‘हामी सबैले त्यतातिर सोच्नुपर्छ, नत्र बर्बाद हुन्छ,’ उनले भने, ‘फेरि पहिलाजस्तै सरकार बनाउने खेलमा लाग्यौँ भने अर्को प्रतिक्रान्तिका क्रममा हामी सबै उठ्नै नसक्ने गरी थचारिन सक्छौँ ।’

उनले तत्काल पार्टी एकताको विषयलाई प्राथमिकतामा राख्नुभन्दा साझा मुद्दामा सहकार्य गर्नुपर्ने धारणा राखे । पार्टी एकताका लागि हतार गर्दा आन्तरिक विवाद बढ्न सक्ने भन्दै उनले पर्याप्त समीक्षा नगरी एकता गरेर पछि पछुताउने अवस्था सिर्जना गर्न नहुने बताए ।

‘अहिले एउटै पार्टी बनाउन थालियो भने हाम्रो झगडा सुरु भइहाल्छ,’ प्रचण्डले भने, ‘समीक्षा नगरी पार्टी एकता गरेर फुर्सदमा पछुताउनु हुँदैन । तर सहकार्य आजै गर्न सम्भव छ ।’




न्यूजपोलारबाट थप समाचार
भर्खरै