३१ जेष्ठ २०८३, आईतवार
,
Latest
नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरियामा ३७ सैनिक मारिएका आइएसको दाबी



अ+ अ-

बेरुत । पूर्वी सिरियामा एक बसमा भएको एम्बुस आक्रमणमा परी करिब ४० सैनिक मारिएका छन् । यस आक्रमणको दाबी इस्लामिक स्टेट्स ९आइएस० समूहले लिएको छ । पूर्वी सिरियामा एक स्थानमा जिहादी समूहले एक बसलाई एम्बुस आक्रमण गरेका छन् । पूर्वी सिरियामा देइर जोर प्रान्तमा बिदाका समयमा आ–आफ्ना घरतर्फ गईरहेका सरकारी सेना चढेको बसलाई जिहादी समूहले गरेका एम्बुस आक्रमणमा कम्तीमा ३७ सैनिक मारिएका सिरियाको लागि मानव अधिकारबादी समूह सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ । 

मारिएका यी सेनाहरुमा  ८ जना अधिकृत स्तरका रहेका छन् । यस आक्रमणमा परी अन्य १२ जना सैनिक घाइते भएका जनाइएको छ । सिरियमा सन् २०११ को मार्च महिना यहाँका राष्ट्रपति बसर अल असदको राजिनमाको माग गर्दै जनआन्दोलन  शुरु भएको थियो । केही समयपछि सो आन्दोलन गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा अल कायदा,आइएस जस्ता आतङ्ककारी समूह हावी हुदै गए । जारी यस युद्धमा सो समयदेखि हालसम्म ३ लाख ८७ हजार व्यक्तिको मृत्यु भएको अब्जरभेटरीले जनाएको छ ।

यस युद्धमा १ लाख ३० हजार भन्दा बढी सरकार समर्थक लडाकू मारिएका छन् भने १ लाख १७ हजार सर्वसाधारणको मृत्यु भएको छ । यस युद्धको क्रममा लाखौंको संख्यामा सर्वसाधारण आफ्ना देशमा विस्थापित हुनुको साथै  र विदेशमा शरणार्थीको जीवन यापन गरिरहेका छन् ।