२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले राष्ट्रिय खेलाडीलाई आवश्यक मासिक तलवको व्यवस्था गर्न नसकेकोमा एमाले सचिव आचार्य असन्तुष्ट



अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का सचिव भीमप्रसाद आचार्यले सरकारले राष्ट्रिय खेलाडीहरुलाई आवश्यक मासिक तलव, भत्ताको व्यवस्था गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा युवा तथा खेलकुद मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले सो कुरा बताउनुभएको हो । सचिव आचार्यले सबै प्रदेशमा रंगशाला निर्माण गर्न पनि सरकारलाई सुझाव दिनुभयो । उहाँले पालिकामा एउटा रंगशाला हुनुपर्ने र त्यसको लागि आवश्यक बजेटको व्यवस्था प्रदेश सरकारले गर्नुपर्ने प्रश्ताव पनि गर्नुभयो । सचिव आचार्यले सबै माध्यामिक तहको अध्ययनमा खेलकुदलाई अतिरिक्त विषयको रुपमा अनिवार्य व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘सात वटै प्रदेशमा रंगशाला निर्माण गर्नुपर्छ । त्यसको निश्चित समयसीमा मेरो चाँही ३ वर्षको छ । जिल्ला सदरमुकाममा त्यस्तै खालको रंगशाला निर्माण गर्नुपर्छ । र पालिकामा एउटा रंगशालाको निर्माण प्रदेश सरकारले गर्नुपर्छ । ठूला सहरमा निर्माणाधिन रंगशालाहरु निश्चित अवधि तोकेर निर्माण कार्य सम्पन्न गर्नुपर्दछ । क्रिकेट खेलले जुन प्रगति गरिरहेको छ । त्यसलाई ध्यान दिएर थप फुटबल, कराँते, यो धेरै मास इन्भल्व भएको खेल हो । लाखौँलाख मानिस यसमा इन्भल्व छन् । फुटबल पनि इन्टरनेशनल स्तरको खेल हो । जेजति खेलमा नेपालले दख्खल हासिल गर्दै गएको छ । ती सबै खेलका राष्ट्रिय स्तरका खेलाडीहरुलाई मासिक तलवभत्ता, जीविकोपार्जनको व्यवस्था यो बजेटले गर्न सक्नु पर्दथ्यो । र प्रत्येक स्कुलमा खेलकुदको अतिरिक्त पढाई हुनुपर्छ । प्रत्येक प्रदेशमा मा १/१ वटा खेलकुद कलेज व्यवस्था गर्नुपर्छ ।’

सचिव आचार्यले सबै प्रदेशमा १/१ वटा खेलकुद कलेजको व्यवस्था गर्न पनि सरकारलाई दबाब दिनुभयो ।